१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह

देवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न

देवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न
अ अ+ अ-

दमौली । जिल्लाको प्रसिद्ध देवघाटधाममा एक महिनासम्म सञ्चालित महामहोत्सव बुधबार सम्पन्न भएको छ । माघे सङ्क्रान्तिको अवसर पारेर सञ्चालन भएको महामहोत्सव सकिएको हो ।

विश्व जागरण महाअभियान ट्रष्ट चितवनको आयोजनामा भएको महामहोत्सवको देवघाटस्थित गलेश्वर आश्रमका पिठाधिश महामण्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरीजी महाराजले समापन गर्नुभयो । उहाँले देवघाट क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनका लागि महामहोत्सव सफल भएको बताउनुभयो ।

देवघाट मुलुकको महत्वपूर्ण धार्मिक तीर्थस्थल भएकाले यहाँ यज्ञयज्ञादी पर्व आयोजना भइराख्नुपर्नेमा स्वामी आत्मानन्दले जोड दिनुभयो ।

विश्व जागरण महाअभियान ट्रष्टका संरक्षक भागवत् कथा वाचक इश्वरकृष्ण महाराजले भक्तजनको माया, स्नेह र सहयोगले महामहोत्सव एक महिनासम्म सञ्चालन गर्न सहयोग र हौसला मिलेको बताउनुभयो । महामहोत्सवबाट सङ्कलित रकम मातापिता सेवा आश्रम र देवघाट दिव्यधाम निर्माणका लागि खर्च गरिने उहाँले जानकारी दिनुभयो ।

इश्वरकृष्ण महाराजको सङ्कल्पमा तनहुँको देवघाट गाउँपालिका–५ मा निर्माणाधीन तीन सय ६५ कोठाको मातापिता सेवा आश्रमले पूर्णता दिन र सोही स्थानमा रहेको देवघाट दिव्यधाम निर्माण गर्न रकम सङ्कलन गर्ने उद्देश्यले महामहोत्सव आयोजना गरिएको हो ।

उक्त महामहोत्सव २५ लाख बढी भक्तजनले प्रत्यक्ष अवलोकन गरेका विश्व जागरण महाअभियान ट्रष्टले दाबी गरेको छ । महोत्सव अवधिभर रु २० करोड भन्दा बढी रकम सङ्कलन भएको जनाउँदै आम्दानी र खर्च यथाशीघ्र पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने इश्वरकृष्ण महाराजले उल्लेख गर्नुभयो ।

तीन सय ६५ कोठासहितको संरचनामा वृद्धवृद्धा र असहायहरूका लागि दीर्घकालीन आवासीय सुविधा प्रदान गर्ने उद्देश्यले मातापिता सेवा आश्रम निर्माणाधीन छ ।

महामहोत्सवमा सङ्घीय सरकारका मन्त्री, गण्डकी तथा बागमती प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख राजनीतिक दलका सभापति तथा वरिष्ठ नेताहरू, प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभाका सांसदहरू, विभिन्न उच्च पदस्थ प्रशासक तथा व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

महामहोत्सवमा देवी प्रतिभा, अनुराधा पाण्डे, ओमप्रकाश सुवेदी, यशोदा मातालगायत लोकप्रिय कथा वाचकहरूले कथा वाचन गर्नुभएको थियो ।