१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह

छ महिनामा काभ्रेमा दुई सय ५२ अभियुक्त पक्राउ

छ महिनामा काभ्रेमा दुई सय ५२ अभियुक्त पक्राउ
अ अ+ अ-

काभ्रेपलाञ्चोक । यहाँ छ महिनाको अवधिमा विभिन्न अपराधिक घटनामा सम्लग्न दुई सय ५२ जनालाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । कार्यालयद्वारा सार्वजनिक गरिएको चालु आर्थिक बर्षको अर्धबार्षिक प्रतिवेदनमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी यूनिटद्वारा उक्त सङ्ख्याका अभियुक्त पक्राउ भएको जनाइएको हो ।

प्रतिवेदन अनुसार गत साउन महिनादेखि पौष मसान्तसम्म जिल्लामा घटेका ३ सय १ अपराधिक घटनामा २ सय ५२ जना अभियुक्त पक्राउ परेका हुन् । यस्तै प्रतिवेदनमा शान्ति–सुरक्षा अपराध नियन्त्रण र विपद् ब्यवस्थापनअन्र्तगत भएका विभिन्न घटनाको विश्लेषण सहितको तथ्याङ्क सार्वजनिक गरेको जनाइएको छ । विश्लेषणात्मक रुपमा सार्वजनिक गरिएको प्रतिवेदनमा अपराधको प्रकृति तथा संलग्न व्यक्ति, सुरक्षा–अवस्था तथा चुनौतिलगायतबारे आम नागरिकलाई जानकारी रहोस् भन्ने उद्देश्य राखिएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताउनुभयो । “सुरक्षा ब्यवस्था कडा बनाउने हाम्रो जिम्मेवारी त छँदैछ, थर सुरक्षा अवस्था र घटनाको विश्लेषणबाट आम नागरिक र सरोकारवालाबाट थप सुझाव आओस् भन्ने उद्देश्य पनि हो”, प्रजिअ ढकालले भन्नुभयो । उहाँका अनुसार जिल्लामा घटनाहरुको प्रकृति विष्लेषण गर्दा प्रविधिमैत्री सुरक्षामा थप कडाई गर्नुपर्ने देखिएको छ । ढकालले भन्नुभयो, “प्रविधिको विकाससँगै विकृत शैलीमा घटना भएको देखिएका छन्, यसलाई गम्भीरतापूर्वक लिएका छौँ ।”

कार्यालयको तथ्याङ्क अनुसार यही अवधिमा सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने दुर्घटनामा परी ७८ जना घाईते भए । जिल्लामा तीन जनाको हत्या भएको तथ्याङ्कले देखिएको छ । ५७ जनाले आत्महत्या गरेको तथा प्राकृतिक प्रकोपका ४९ घटनामा ८१ ज्नाले ज्यान गुमाउनुप¥यो । यस्तो घटनामा ९७ जना घाईते भएका थिए ।

यस्तै यही अवधिमा एक सय ३ जना विशिष्ठ ब्यक्तिले काभ्रेपलाञ्चोक भ्रमण गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । ३ सय २५ पसल तथा व्यापारिक संस्थाको अनुगमन गर्दा ६ फर्मलाई जरिवाना गरिएको छ भने १ सय ३२ वटा पसलबाट सामान जफत गरी ५५ हजार जरिवाना गराईएको जनाइएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय धुलिखेलमा चालु आर्थिक वर्षको ६ महिनामा रु १० करोड ८३ लाख राजश्व सङ्कलन भएको छ । यसबीचमा सहिद परिवारलाई रु ७६ लाख ८० हजार भुक्तानि गरिएको छ । रु २३ करोड ८० लाख विपद्मा प्रभावित परिवारलाई राहत वितरण गरिएको सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।