२१ मंसिर २०८२, आईतवार
,
Latest
घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित ‘भेडा मरेर के भो मन मरेको छैन’ आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागढुंगाबाट सुनसहित दुई भारतीय नागरिक पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले काठमाडौँ छिर्ने नाका नागढुङ्गा चेक प्वाइन्टबाट सुनसहित दुई जना भारतीय नागरिक पक्राउ गरको छ ।

काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बा.प्र.०१–००२ ख ०५४२ नम्बरको यात्रुवाहक बस चेकजाँचको क्रममा ३१८ ग्राम सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

पक्राउ पर्नेमा भारत महाराष्ट्र घर भएकाका २७ वर्षीय महेश अम्रृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खंडु सरकला रहेका छन् ।

यसबारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।