२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’ कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी ‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागढुंगाबाट सुनसहित दुई भारतीय नागरिक पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले काठमाडौँ छिर्ने नाका नागढुङ्गा चेक प्वाइन्टबाट सुनसहित दुई जना भारतीय नागरिक पक्राउ गरको छ ।

काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बा.प्र.०१–००२ ख ०५४२ नम्बरको यात्रुवाहक बस चेकजाँचको क्रममा ३१८ ग्राम सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

पक्राउ पर्नेमा भारत महाराष्ट्र घर भएकाका २७ वर्षीय महेश अम्रृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खंडु सरकला रहेका छन् ।

यसबारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।