१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह

चीनद्वारा नेपालालई विपी कोईराला स्मृति प्लानेटरियम, अब्जरभेटरी एण्ड साइन्स म्युजियम हस्तान्तरण

चीनद्वारा नेपालालई विपी कोईराला स्मृति प्लानेटरियम, अब्जरभेटरी एण्ड साइन्स म्युजियम हस्तान्तरण
अ अ+ अ-

काठमाडौँ । चीन सरकारले विपी कोईराला स्मृति प्लानेटरियम, अब्जरभेटरी एण्ड साइन्स म्युजियम नेपाललाई हस्तान्तरण गरेको छ ।

बुधवार नेपालका लागि चीनका राजदुत चेन सोङले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई संग्रहालय हस्तान्तरण गर्नुभएको हो ।

साथै आजबाट नै कीर्तिपुरस्थित विपी कोईराला स्मृति प्लानेटरियम, अब्जरभेटरी एण्ड साइन्स म्युजियममा विज्ञान सम्बन्धी प्रदर्शनी शुरु भएको छ । नयाँ सामग्रीमा मानिसहरूको विकास क्रमदेखि विज्ञानका विभिन्न प्रणाली र मेसिनहरू प्रदर्शनीमा राखिएको छ । कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले चीनले नेपाललाई धेरै पहिलादेखि प्रविधि, विकास निर्माण, शिक्षा, पर्यटन, विज्ञानका क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । साथै अन्तर्राष्ट्रिय विमानस्थल, हाइड्रोपावर, स्वास्थ्य क्षेत्र लगायतका बेलामा पनि सहयोग गरेको बताउनु भयो । उहाँले चीनसँग नेपालको सीमा जोडिएको मात्र नभइ जनता—जनता बीचको सम्बन्ध पनि प्रगाढ रहेको बताउनु भयो । बेल्ट एण्ड रोड कार्यक्रमअन्तर्गत चीनले नेपालमा धेरै अवसर सिर्जना गरेको बताउनु भयो ।

उहाँले चीनले नेपाललाई अध्ययन, अनुसन्धानको क्षेत्रमा पनि धेरै सहयोग गरिरहेको बताउनु भयो । उहाँले विपी कोईराला स्मृति प्लानेटरियम, अब्जरभेटरी एण्ड साइन्स म्युजियमको माध्यमबाट चीन सरकारले नेपालका अध्ययन, अनुसन्धानकर्ता, विद्यार्थीका लागि ठूलो अवसर सिर्जना गरेको बताउनु भयो । विज्ञान प्रविधिको विकासका लागि संग्रहालयले ठूलो भुमिका निभाउनेमा सरकार विश्वस्त रहेको बताउनु भयो ।