५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभर्टनसँग हार्यो टोटेनहम, नटिङहमले साउथह्याम्प्टनलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले जित निकालेको छ ।

गएराति भएको खेलमा एभर्टनले टोटेनहमलाई ३–२ गोलले हराएको हो । घरेलु टोलिको जितमा डोमिनिक काल्भर्ट लेविन र इल्मान एन्डिएले एक–एक गोल गरे । एक गोल भने एभर्टनले उपहारस्वरुप पाएको थियो । पहिलो हाफको इन्जुरी समयमा टोटेनहमका आर्ची ग्रेले आत्मघाती गोल गरे ।

यता, ७७ औं मिनेटमा डेजान कुलुसेभ्स्की र ९०+२ मिनेटमा रिचार्लिसनले गोल फर्काएपनि टोटेनहमको हार टार्न सकेनन् ।

यो नतिजापछि २२ खेलबाट २४ अंक जोडेको टोटेनहम १५ औं तथा २० अंक जोडेको एभर्टन १६ औं स्थानमा छन् ।

यस्तै, गएराति नै भएको अर्को खेलमा नटिङहम फरेस्टले साउथह्याम्प्टनलाई ३–२ गोलले हरायो । नटिङहमको जितमा इलिओट एन्डर्सन, कालुम हड्सन ओडोइ र क्रिस वुडले गोल गरे । यता, जान बेड्नारेक र पल ओनाचुले गोल फर्काए पनि साउथह्याम्प्टनको हार टार्न सकेनन् ।

जितसँगै नटिङहम २२ खेलबाट ४४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । साउथह्याम्प्टन ६ अंकका साथ पुछारमा छ ।




भर्खरै