१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै

हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
अ अ+ अ-

काठमाडौं । ब्रिटिस काउन्सिलले अङ्ग्रेजी भाषा शिक्षणमा सिर्जनशीलता, समावेशिता र प्रविधिको प्रभावकारी प्रयोगबारे केन्द्रित ‘साउथ एसिया टिचिङ इङ्ग्लिस अनलाइन कन्फ्रेन्स २०२६’ आयोजना गर्ने भएको छ। जुलाई २३ देखि २५ सम्म सञ्चालन हुने तीनदिने निःशुल्क अनलाइन सम्मेलनमा दक्षिण एसियाका शिक्षक, अनुसन्धानकर्ता तथा शिक्षा क्षेत्रका विज्ञहरू सहभागी हुनेछन्।

सम्मेलनमा बदलिँदो विश्व परिवेशमा विद्यार्थीलाई आवश्यक पर्ने सिर्जनशीलता, आलोचनात्मक सोच, प्रभावकारी सञ्चार, सहकार्य र समस्या समाधानजस्ता सीप विद्यालय शिक्षामार्फत कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा छलफल हुनेछ। साथै, अङ्ग्रेजी भाषा शिक्षणलाई केवल भाषिक दक्षतामा सीमित नराखी विद्यार्थी–केन्द्रित, समावेशी र नवप्रवर्तनमुखी शिक्षण पद्धतितर्फ कसरी अघि बढ्ने भन्ने विषय पनि सम्मेलनको मुख्य एजेन्डा रहनेछ।

ब्रिटिस काउन्सिलका अनुसार सम्मेलनले बंगलादेश, भारत, नेपाल, पाकिस्तान र श्रीलंकाका शिक्षा विज्ञलाई एउटै मञ्चमा ल्याई विविध भाषिक पृष्ठभूमिका विद्यार्थीका लागि समावेशी कक्षाकोठा निर्माण, सिर्जनशील शिक्षण अभ्यास, विद्यार्थीको सहभागिता वृद्धि तथा कृत्रिम बुद्धिमत्ता (एआई)लाई मानव–केन्द्रित शिक्षणको पूरकका रूपमा प्रयोग गर्ने उपायबारे अनुभव आदान–प्रदान गर्ने अवसर प्रदान गर्नेछ।

सम्मेलनमा मुख्य प्रस्तुति, अनुसन्धानमा आधारित छलफल, व्यवहारिक शिक्षण अनुभव तथा सफल अभ्यासहरू प्रस्तुत गरिनेछन्। सहभागीहरूले दक्षिण एसियाली मुलुकहरूले साझा शैक्षिक चुनौतीहरूको स्थानीय स्तरमा कसरी समाधान गरिरहेका छन् भन्नेबारे जानकारी प्राप्त गर्नेछन्।

ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले विद्यार्थीलाई भविष्यका लागि तयार बनाउन सिर्जनशील शिक्षण अपरिहार्य भएको बताए। उनका अनुसार प्रभावकारी सञ्चार, सहकार्य र आलोचनात्मक सोचजस्ता सीप विकासमा सिर्जनशीलताको महत्वपूर्ण भूमिका रहने भएकाले सम्मेलनमार्फत शिक्षक तथा शिक्षा क्षेत्रका सरोकारवालालाई अनुसन्धानमा आधारित व्यवहारिक अवधारणा र कक्षाकोठामा लागू गर्न सकिने रणनीतिबारे जानकारी प्रदान गरिनेछ।

सम्मेलनमा श्रीलंकाकी अञ्जु मोसेस, भारतकी हुमा हसना रियाज अहमद, डा. अमोल पदवाद र निसार शेख, नेपालका शोभा भट्टराई, आस्था कुमारी चौधरी र कृष्ण आर.सी., पाकिस्तानकी डा. फौजिया शमिम तथा रविया शफी, बंगलादेशका डा. एम.डी. मोस्ताफिजुर रहमान र डा. एम.डी. मोहिव उल्लाहलगायत दक्षिण एसियाका अनुभवी शिक्षक, प्रशिक्षक र शिक्षा विज्ञहरूले प्रस्तुति दिनेछन्।

ब्रिटिस काउन्सिलले सम्मेलन शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धि, समावेशी शिक्षण अभ्यासको प्रवर्द्धन तथा प्रविधिमैत्री अङ्ग्रेजी भाषा शिक्षणलाई सुदृढ बनाउन महत्वपूर्ण अवसर हुने जनाएको छ।