२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभर्टनसँग हार्यो टोटेनहम, नटिङहमले साउथह्याम्प्टनलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले जित निकालेको छ ।

गएराति भएको खेलमा एभर्टनले टोटेनहमलाई ३–२ गोलले हराएको हो । घरेलु टोलिको जितमा डोमिनिक काल्भर्ट लेविन र इल्मान एन्डिएले एक–एक गोल गरे । एक गोल भने एभर्टनले उपहारस्वरुप पाएको थियो । पहिलो हाफको इन्जुरी समयमा टोटेनहमका आर्ची ग्रेले आत्मघाती गोल गरे ।

यता, ७७ औं मिनेटमा डेजान कुलुसेभ्स्की र ९०+२ मिनेटमा रिचार्लिसनले गोल फर्काएपनि टोटेनहमको हार टार्न सकेनन् ।

यो नतिजापछि २२ खेलबाट २४ अंक जोडेको टोटेनहम १५ औं तथा २० अंक जोडेको एभर्टन १६ औं स्थानमा छन् ।

यस्तै, गएराति नै भएको अर्को खेलमा नटिङहम फरेस्टले साउथह्याम्प्टनलाई ३–२ गोलले हरायो । नटिङहमको जितमा इलिओट एन्डर्सन, कालुम हड्सन ओडोइ र क्रिस वुडले गोल गरे । यता, जान बेड्नारेक र पल ओनाचुले गोल फर्काए पनि साउथह्याम्प्टनको हार टार्न सकेनन् ।

जितसँगै नटिङहम २२ खेलबाट ४४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । साउथह्याम्प्टन ६ अंकका साथ पुछारमा छ ।