१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित News Polar खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने News Polar सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत गर्‍यो News Polar दुई मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई News Polar बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’ News Polar नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान News Polar बजारमा कृत्रिम अभाव रोक्न आयातका नीतिगत झन्झट हटाउन संसदीय समितिको जोड News Polar ग्यास हाम्रो नियन्त्रणमा छैन, चामल आयात हुन नसके मकै उत्पादन गरेर किन नखाने ?- मन्त्री साह News Polar औद्योगिक वातावरण बनाउन कानुनी र प्रशासनिक अड्चन तत्काल हटाइन्छ : मन्त्री साह

जोखिम बढेकाले सबैमा खोपको पहुँच पुर्‍याउन कार्ड अनिवार्य

जोखिम बढेकाले सबैमा खोपको पहुँच पुर्‍याउन कार्ड अनिवार्य
अ अ+ अ-

डोटी । जिल्लामा केही दिन यतादेखि कोभिड–१९ का सङक्रमितको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । एकै हप्तामा जिल्लामा ३३ नयाँ सङक्रमित फेला परेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले कोरोना विरुद्धको खोप अनिर्वाय गरे पनि अधिकांशले उक्त खोप नलगाएको भन्दै नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन स्थानीय प्रशासनले सबैमा आग्रह गरेको छ ।

सङ्क्रमण बढ्दै गएकाले यहाँका सरकारी कार्यालयको सेवा प्राप्त गर्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य साथमा राख्नुपर्ने भएको छ। गृहमन्त्रालयको निर्देशनअनुसार यही माघ ७ गतेदेखि सरकारी कार्यालयमा सेवा लिनका लागि पुग्ने नागरिकले अनिवार्य रुपमा खोपको पूर्ण मात्रा लगाएको कार्ड साथमा राख्नुपर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा कोरोनाको जोखिम फेरी बढेको छ, यसबाट बचाउन तथा खोपमा सबैको पहुँच पु¥याउन खोप कार्ड अनिवार्य गरेका छौँ, खोप लगाएर मात्रै सेवा लिन आउनु होला ।”छिमेकी मुलुक भारतबाट घर फर्किएका नागरिकको सङ्ख्या बढेसँगै जिल्लामा कोरोना सङ्क्रमणको जोखिम पनि एकाएक बढेको प्रजिअ विष्टको भनाइ थियो ।

यसैगरी यहाँका नौवटै स्थानीय तहमा आइसोलेशन कक्षको व्यवस्था गर्न जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले आग्रह गरेको छ । भारतबाट घर फर्किरहेका नागरिक कोरोना जाँच नै नगरी सिधै गाउँ जाने गरेका कारण यहाँका सहरबजारभन्दा पनि गाउँमा कोरोनाको जोखिम बढ्ने देखिएको केआइसिंह गाउँपालिकाका  तिलकबहादुुर रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतबाट आउने दाजुभाइ जाँच बिना नै  सिधँै गाउँ जान थालेका छन्, अब कोरोना गाउँबाट बढी फैलिने सम्भावना छ ।” 

जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रहरी प्रशासनले निगरानी गरिरहे पनि खासै फलदायी हुननसकेको स्थानीयवासीको आरोप छ । यहाँको प्रहरी प्रशासनले घर बाहिर वा सार्वजनिकस्थलमा जाँदा र सार्वजनिक यातायातका साधन प्रयोग गर्दा मास्कको प्रयोग अनिवार्य गर्न लगाउनाका साथै  भौतिक दूरी कायमलगायत स्वास्थ्यसुरक्षाको मापदण्ड पूर्णपालना गर्न आह्वान गरेपनि यहाँका नागरिकले त्यसको खासै पालना नगरेको दिपायल सिलगढी नगरपालिका–४ का मदन बोगटीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रहरीले दिनहुँ मास्क बाँडिरहेको छ तर प्रयोग कसैले गर्दैनन्, कोरोनाबाट बच्न सावधानी कसैले अपनाएका छैनन्, जिल्लामा कोरोनाको जोखिम बढेको छ ।” जिल्लामा पछिल्लो एक हप्ता यतादेखि तीव्ररुपमा कोरोनाको सङ्क्रमण फैलिँदै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार एकहप्ताको अवधिमा जिल्लामा ३३ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको हो । भारतबाट फर्किएका नागरिकमा कोरोना सङ्क्रमण बढी खिएको जिल्ला स्वास्थ्यका सूचना अधिकारी अमरसिंह भाटले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतबाट घर फर्किएका नागरिकमा कोरोना सङ्क्रमण देखिएको छ, सबैले सावधानी अपनाउन जरुरी भएको छ ।”सूचना अधिकारी भाटका अनुसार अहिले दैनिकरुपमा कोरोना सङ्क्रिमतको सङ्ख्या बढ्दै गएको छ । हालसम्म सबैभन्दा बढी आदर्श गाउँपालिकामा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

यसैगरी दिपायल सिलगढी नगरपालिकामा १०, पूर्वीचौकी गाउँपालिकामा चार, जोरायल गाउँपालिकामा दुई, सायल गाउँपालिकामा दुई तथा बोगटान फुड्सिल गाउँपालिकामा चार जनामा सङ्क्रमण पुष्टि भएको छ । एक सातामा २४४ जनाको एन्टिजेन र आठ जनाको आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले कडाइ गरेपनि त्यसको खासै असर  नभएका कारण र नागरिकले सचेतना नअपनाएकाले कोरोना जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीहरूले बताए  । (रासस)