२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

वल्भ्ससँग बराबरीमा रोकियो टोटेनहम



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले बराबरी खेलेको छ । गएराति भएको खेलमा टोटेनहम र वल्भ्सले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको सातौं मिनेटमा हि चानले गोल गर्दै वल्भ्सलाई सुरुवाती अग्रता दिलाएका थिए । १२ औं मिनेटमा रोड्रिगो बेन्टन्कुरले गोल गर्दै घरेलु टोलिलाई १–१ गोलको बराबरीमा ल्याए ।

यस्तै, पहिलो हाफको इन्जुरी समयमा ब्रेनन जोनसनले गोल गर्दै टोटेनहमलाई २–१ ले अघि बढाए । यता, ८७ औं मिनेटमा योर्गन लार्सेनले गोल गर्दै वल्भ्सलाई बराबरीमा ल्याए ।

योसँगै टोटेनहम १९ खेलबाट २४ अंकका साथ तालिकाको ११ औं स्थानमा छ भने वल्भ्स १६ अंकका साथ १७ औं स्थानमा छ ।