२३ श्रावण २०८३, शनिबार
,
Latest
टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन चार क्विन्टल गाँजासहित चार जना पक्राउ मुलुक गम्भीर संकटमा छ, विकल्पका रूपमा राप्रपा बलियो हुनुपर्छः अध्यक्ष लिङदेन संसदको जवाफ सञ्जालबाट, ‘अन-लाइन’ छोडेर लाइनमा जनता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका मेलिना राईको ‘ भुतुक्कै पार्यौ ‘ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेपालि गीत संगीतमा सबैको मन मुटुमा बस्न सफल गायिका मेलिना राईको आवाजमा रहेको 'भुतुक्कै पार्यौ' गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीत भुतुक्कै पार्यौ मलाई कर्के हेराईले बोलको रहेको छ । गीतमा मेलिना राईको एकल सुमधुर स्वर सुन्न सकिन्छ । निकै मधुर शैलिमा गाइएको यो गीतको शब्द पनि उत्तिकै उत्कृष्ट रहेको छ ।

बालकुमार न्यौपाने को शब्द, सुनिल राईको सङ्गीत तथा माधब बेलाबासेको सम्पादनमा तयार भएको ‘ भुतुक्कै पार्यौ ‘’ बोलको गीतको म्युजिक भिडियो पनि उत्कृष्ट रहेको छ । उक्त गीतको एरेन्ज शाहस शाक्यले गरेका हुन् । गीत जति मिठो र सुनिरहन मन लाग्ने छ भिडियो पनि उत्कृष्ट बनेको छ। उक्त गीतको भिडियोमा पनि प्रेमी प्रेमीका विचको मायाको सुवासलाई निकै कलात्मक रुपमा समावेश गरिएको छ ।

भुतुक्कै पार्यौ गीतको भिडियोमा रंजित पौडेल र कबिता श्रेष्ठको अभिनय रहेको छ भने उक्त गीतको भिडियोको निर्देशन अमृत सुनुवारको रहेको छ। बि के क्रियशनको प्रस्तुतिमा तयार गरिएको उक्त गीतलाई बि के क्रियशन युट्य़ूब च्यानल मार्फत प्रस्तुत गरिएको छ।

भिडियो हेर्नको लागि तलको लिङ्कमा थिच्नुहोला:-