६ मंसिर २०८१, बिहीबार
,
Latest
नदी किनारसम्बन्धी मापदण्डमा पुनरावलोकन अनुमति चिसो बढेपछि सिरक डसनाको कारोवारमा वृद्धि विआरआईबारे अनावश्यक विवाद गरेर नेपालीको भाग्यमाथि खेलवाड गरिरहेको झलनाथको आरोप प्रथम त्रैमासिकको प्रगति समीक्षाः जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकको मस्यौदा प्रतिवेदन पारित नेपाल वायुसेवा निगमद्वारा टिकटमा छुट उपत्यकामा तीनजना मृतावस्थामा भेटिए विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरेलाई अभिनन्दन नेप्से परिसूचक ३१.३१ अंकले गिरावट,कारोबार रकम ८ अर्ब रूसद्वारा युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐलिना र रुपको स्वरमा ‘भुल्यौं कि मायाले…..(भिडियोसहित)



अ+ अ-

काठमाडौं । लामो समयदेखि पत्रकारितामा रहनुभएका गीतकार जनक रावलको नयाँ गीत ‘भुल्यौं कि मायाले…’ सार्वजनिक भएको छ । एलिना चौंहान र रुपक डोटेलको स्वर तथा किरण माइकल घिमिरेको सङ्गीतमा रहेको लोक प्याट्रनको गीतको भिडियो सार्वजनिक भएको हो ।

यादव पुडासैनीको निर्देशन रहेको गीतको भिडियोले बेहुला बेहुली र राजा रानीको कथा बोकेको छ । गीतको भिडियो ओएसआर डिजिटलबाट बिहीबार सार्वजनिक गरिएको हो । सार्वजनिक गीत गीतकार रावलको ‘निश्चल प्योरनेश अफ हर्ट द म्युजिक’ एल्बम समावेश छ ।

सार्वजनिक गीतमा बालापनमा गोठालो गएको, मेलापात भरेको, पानी पँधेरो धाएको सम्झनाहरू प्रस्तुत गरिनुका साथैं भाँडाकुटी खेलेको, बेहुला बेहुली बनेको, राजा रानी बनेको, लुकामारी खेलेको कुरालाई नबिर्सिएर ताजैं स्मरण गरेको भावहरु छर्लङ्ग दर्शाइएको हेर्न पाईन्छ ।

गीतकार रावलले निश्चल एल्बमको ‘म माया लाउँदिन’ बोलको गीत सार्वजनिक गरेको केही दिनमा सोही एल्बमको अर्को गीत ‘भुल्यौं कि मायाले…’ सार्वजनिक गर्नुभएको हो ।

गीतको भिडियोमा बालापनको अभिनयमा निश्चल र निकिशा लाई प्रस्तुत गरिएको छ भने तिनैं बाल बालिकाको युवाअवस्थाको प्रस्तुतिमा रमेशचन्द सोडारी र रोली तामाङ लाई फिचरिङ गरिएको छ ।

नारायण रिजालको कोरियोग्राफी रहेको गीतको भिडियोमा कन्सेप्ट र क्रियशन गीतकार स्वयम्को रहेको छ । सुरज लामिछानेको मुख्य सहायक निर्देशन रहेको गीतको भिडियोमा सुरेश बज्राचार्यको छायाँकन र मित्रदेव गुरुङको सम्पादन छ । गीत जति राम्रा छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ ।

सञ्चारकर्मी जनक रावलका पाँच दर्जन भन्दा बढी गीत स्रोतारदर्शकमाझ आइसकेका छन् । धेरै गीत मार्फत उहाँ स्रोतारदर्शकको मन मष्तिस्कमा बस्न सफल हुनुभएको छ । ‘यसपाली लोकप्याट्रनको अलिक पृथक गीत पस्किएको छु आशा छ मेरो यसअघिका गीत जस्तै यसले पनि सबैको साथ सहयोग पाउने छ’, जनकले भन्नुभयो ।