२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएल उद्घाटन खेलको पासका लागि फोन वा म्यासेज नगर्न पारस खड्काको आग्रह



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) भोलि शनिबारदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।

उद्घाटन खेलको टिकट बिक्रि यसअघि नै सोल्ड आउट भइसकेको छ । यसैबीच, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले उद्घाटन दिनको पासका लागि फोन तथा म्यासेज नगर्न आग्रह गरेका छन् ।

खड्काले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् । ‘कृपया भोलिको पासका लागि फोन वा सन्देश नगर्नुहुन हार्दिक अनुरोध गर्दछौं । बाँकी खेलहरूको लागि पनि अवसर हुनेछ । यहाँहरूको समर्थन निरन्तर रहोस्, र भविष्यमा पर्याप्त पूर्वाधारको साथ सबैलाई समेट्न सक्ने नेपाल क्रिकेट संघ बन्ने हाम्रो प्रयास जारी रहनेछ ।’ खड्काले भनेका छन् ।

साथै, सचिव खड्काले उद्घाटन खेलको टिकट र भिआईपी पासहरू सबै सीमित पूर्वाधारका कारण सकिएको हुँदा सबैलाई समन्वय गर्न अनुरोध गर्दै भोलिको खेलको लागि टिकट नभएकाहरूले टिभी वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्नु पनि अनुरोध गरेका छन् । भोलिको उद्घाटन खेल दिउँसो सवा २ बजे सुरु हुनेछ ।




भर्खरै