२० भाद्र २०८३, शनिबार
,
Latest
खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

२९ वर्षपछि श्रीमती सायरासँग अलग भए एआर रहमान



अ+ अ-

काठमाडौँ । ओस्कार अवार्ड विजेता संगीतकार एआर रहमान र उनकी श्रीमती सायरा बानो करिब तीन दशकको वैवाहिक जीवनपछि अलग हुँदैछन् ।

सायराकी वकिल वन्दना शाहले एक आधिकारिक विज्ञप्ति जारी गर्दै दम्पतीको सम्बन्धविच्छेदको घोषणासहित गोपनीयताको माग गरेकी छिन् ।

त्यसको केही समयपछि एआर रहमानले पनि सामाजिक सञ्जालमा एक भावुक नोट शेयर गरेर यसको पुष्टि गरेका छन् ।

२७ वर्षको उमेरमा एआर रहमानले १२ मार्च १९९५ मा सायरासँग विवाह गरे । सायरा त्यतिबेला २१ वर्षकी थिइन् । यो एआर रहमानकी आमाद्वारा व्यवस्थित विवाह थियो । दुवैका दुई छोरी खतिजा, रहिमा र एक छोरा अमिन छन् ।

सायरा बानोको जन्म २० डिसेम्बर १९७३ मा गुजरातको कच्छमा भएको थियो । कच्छबाट प्रारम्भिक पढाइ पूरा गरेपछि सायराको परिवार चेन्नई आएर बस्न थाले ।

एआर रहमानले अन्तर्वार्तामा भनेका थिए कि सायरासँग उनको पहिलो भेट ६ जनवरी १९९५ मा उनको २८ औं जन्मदिनमा भएको थियो ।

एआर रहमानलाई जन्मदिनको शुभकामना दिन सायराको परिवार त्यस दिन आएको थियो । त्यसपछि दुवै जना फोनमा कुरा गर्न थाले ।