२ श्रावण २०८३, शनिबार
,
Latest
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा मनसुन थप सक्रिय हुँदैः बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागा चैतन्य र शोभिताले कहिले गर्दैछन् बिहे ?



अ+ अ-

एजेन्सी । साउथ अभिनेता नागा चैतन्य र शोभिता धुलिपलाको विवाहको कार्डको पहिलो झलक सार्वजनिक भएको छ । कार्डका अनुसार यस वर्षको डिसेम्बर ४ मा यी दुईबीच विवाह हुँदैछ । विवाह समारोह हैदराबादको अन्नपूर्णा स्टुडियोमा हुनेछ ।

यो स्टुडियो नागाका हजुरबुवा अभिनेता अक्किनेनी नागेश्वर रावले सन् १९७६ मा बनाएका थिए । यो स्टुडियो अक्किनेनी परिवारका लागि सम्पदा भन्दा कम छैन ।

नागा र शोभिताले केही समयअघि इन्गेजमेन्ट गरेका थिए । मिडिया रिपोर्टका अनुसार दुवैले नागा चैतन्यका पिता नागार्जुनको घरमा एक निजी समारोहमा इन्गेजमेन्ट गरेका थिए । नागार्जुनको घर हैदराबादको पोश क्षेत्र जुबली हिल्समा अवस्थित छ ।

सामन्थासँग सम्बन्धविच्छेदपछि नागा चैतन्यको नाम शोभितासँग जोडिन थाल्यो । दुवैले धेरै अन्तर्राष्ट्रिय यात्रामा सँगै समय बिताएको देखिएका छन् ।

यस बाहेक शोभिता आफ्नो फिल्म ‘मेजर’ को प्रमोशनका लागि बसेको होटलमा चैतन्य धेरै पटक देखिएका थिए । शोभिताले पनि आफ्नो जन्मदिन हैदराबादमै सेलिब्रेट गरिन् । यसपछि पनि नागा र शोभिता धेरै अवसरमा सँगै देखिएका छन् । त्यसयता दुवैले एकअर्कालाई डेट गर्दैछन् भन्ने अड्कलबाजी चलिरहेको थियो ।

सामन्था रुथ प्रभु र नागा चैतन्यले गोवामा ६ अक्टोबर २०१७ मा पहिले हिन्दू र त्यसपछि ७ अक्टोबरमा क्रिस्चियन रितीरिवाज अनुसार विवाह गरेका थिए ।

विवाहपछि सामन्थाले आफ्नो नाम बदलेर अक्किनेनी राखेकी थिइन्, तर सम्बन्धविच्छेदको खबरबीच सामन्थाले आफ्नो ट्विटर ह्यान्डलबाट अक्किनेनीलाई हटाएर सामन्था रुथ प्रभु राखेकी थिइन् ।

उनीहरु दुवैले अक्टोबर ६, २०२१ मा वैवाहिक जीवनको चार वर्ष पूरा गर्न लागेका थिए तर त्यसअघि नै उनीहरु छुट्टिए ।