२ श्रावण २०८३, शनिबार
,
Latest
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा मनसुन थप सक्रिय हुँदैः बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्त्री’ पछि अब श्रद्धा कपुर नागिन बन्ने



अ+ अ-

एजेन्सी । यस वर्षको सबैभन्दा ठूलो ब्लकबस्टर फिल्म ‘स्त्री २’ ले भारतमा कुल ६२७.०२ करोड कमाएपछि श्रद्धा कपुर अहिले आफ्नो अर्को फिल्मको तयारीमा व्यस्त छिन् ।

स्त्री पछि अब श्रद्धा कपुर नागिन बन्न लागेकी छिन् । निर्माता निखिल द्विवेदीले श्रद्धा कपूर नागिन बन्ने पक्का गरेका छन् ।

श्रद्धाले अर्को वर्ष आफ्नो फिल्म नागिनको सुटिङ सुरु गर्नेछिन् । इन्डिया टुडे डिजिटलसँगको अन्तर्वार्तामा निखिल द्विवेदीले यस भूमिकाका लागि श्रद्धा उनको पहिलो रोजाइ भएको खुलासा गरेका छन् ।

उनले फिल्मको स्क्रिप्ट तयार भएको बताए । त्यसलाई पूरा गर्न ३ वर्ष लामो समय लाग्यो । ३ वर्षमा यसमा धेरै परिवर्तन भएपनि अहिले अन्तिममा सम्पन्न भएको छ ।

यससँगै उनले अहिले आफ्नो नागिन लुकलाई श्रद्धालाई ध्यानमा राखेर तयार पारिएको बताए । श्रद्धा उत्कृष्ट अभिनेत्री भएकाले सुरुदेखि नै कास्टिङ गर्ने निर्णय भएको निखिलले बताए ।

यसका साथै निखिलले यो एकदमै नयाँ विषय रहेको जसको कुनै पुरानो फिल्म वा शोसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारे ।