६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढी प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा News Polar दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध News Polar बाढी प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा र मनोसामाजिक सुरक्षामा ध्यान दिन समितिको आग्रह News Polar विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग News Polar हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही News Polar प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि News Polar त्रिपुरेश्वर बस आगलागीः मृतक अर्जुन दोङको पहिचान News Polar त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको निधन, कीर्तिपुर अस्पताल परिसरमा तनाव (तस्बिरहरु) News Polar भोटेकोसी बाढी प्रभावितलाई एनडीआरएफद्वारा राहत सामग्री वितरण News Polar धनकुटाको विद्यालयमा सुनिल शर्माको पाँच करोड सहयोग, १ सय जनालाई केएमसीमा निःशुल्क उपचार गर्ने News Polar भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान News Polar बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त News Polar समाज कल्याण परिषद्को स्थापना दिवसमा मन्त्री बादीको शुभकामना News Polar भोटेकोशी बाढीपछि नुवाकोट : भग्नावशेषबीच फर्किंदै गरेको दैनिकी-फोटो फिचर News Polar मलेसियामा नेपाली श्रमिकमाथिको सिन्डिकेट हटाउन प्रधानमन्त्री शाहको पहल News Polar प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन र दाबी–विरोधका लागि असोज १२ सम्मको म्याद News Polar प्रभु बैंकले ल्यायो ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’ News Polar नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी News Polar सिप्रदीको आधिकारिक सर्भिस सेन्टर जाल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा News Polar असोज ९ गतेदेखि भारी वर्षाको सम्भावना, राति अनावश्यक यात्रा नगर्न प्राधिकरणको आग्रह

फोटोपत्रकार वन्तको ‘फोटोपत्रकार वन्तको ‘परदेशिको पीडा………’ सार्वजनिक, हेरौ भिडियो

फोटोपत्रकार वन्तको ‘फोटोपत्रकार वन्तको ‘परदेशिको पीडा………’ सार्वजनिक, हेरौ भिडियो
अ+ अ-

काठमाडौं  । नेपालको फोटो पत्रकारितामा स्थापित एवम् सामाजिक अभियन्ता प्रदीपराज वन्तको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार  नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टद्धारा पहिलो पटक निमार्ण गरिएको  ‘ परदेशिको पिडा ’ नामक म्यूजिक भिडियोको विमोचन कलाकार तथा निर्देशक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सिता न्यौपाने पाठक, वरिष्ठ कर्पोरेट सेफ कुमार चालिसेलगायतले संयुक्त रुपमा गर्नुभयो ।
काठमाडौंको न्यूरोडस्थित रिभोल्भीङ रेष्टुरेन्टमा विमोचन कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा वोल्दै प्रमुख अतिथि आकाश अधिकारीले फोटोपत्रकार प्रदीपले हाम्रा नेपाली दाजुभाईको विदेशमा भोगेको दुखलाई गीत संगीतको माध्यमबाट प्रस्तुत गरेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले कलाका विभिन्न आयाम हुने भएकाले त्यसलाई असाध्यै मिहिन तरिकाले प्रस्तुत गर्न सकिने र मानिसको ह्दय छुनसक्ने बताउनुभयो ।

रोजगारीको खोजीमा विदेशिनु पर्ने नेपालीको कथामा आधारीत गीतले हाम्रो समाजिक एवम् हरेक घरको मार्मिक चित्रण गरेको छ । नेपालीले खाडी मुलुकमा गरेको दुःख र उनीहरुले के कसरी पसिना बगाएका छन् भन्ने कुरा गीतमा प्रस्तुत गरिएको छ । खाडीमा मात्रै नभई अदक्ष नेपालीले जहाँ गएपनि दुःख मात्रै पाउने , राम्रो तलब सुविधा नपाउने अवस्थामा गीत र श्रव्य दृश्य सामग्रीले प्रस्तुत गर्ने जर्मको गरेको छ ।

गीतकार नवराज घिमिरेद्धारा रचित परदेशिको पिडा नामक गीत गायक विनोद दनुवारले गाएका छन भने भिडियोमा फोटापत्रकार प्रदीपराज वन्त र मोडल तथा जुम्वा प्रशिक्षक सोनाम केसीको अभिनय रहेको छ । गीतको श्रव्य दृश्य सामग्री (भिडियो) नविनबाबु  गरुङको निर्देशन तथा छायाङकन रहेको छ ।

यस्तै, सहायक निर्देशनमा रेजीना तुलाधरले सहयोग गर्नु भएको थियो । साथै सम्पादन नविन निरौलाको रहेको छ ।  साथै अवका दिनमा सिजन इन्टरटेन्मेन्टले विभिन्न प्रकारका म्यूजिक भिडियोहरु वनाउदै जाने तयारी गरेको छ । उक्त कार्यक्रममा सिजन मिडियाद्धारा लकडाउनमा आयोजना गरिएको मिसेस नेपाल लकडाउन ट्यालेन्टहन्टका विजेताहरुलाई ताज लगाउनुका साथै पुरस्कार वितरण पनि गरिएको थियो ।