५ पुष २०८२, शनिबार
,
Latest
साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोटोपत्रकार वन्तको ‘फोटोपत्रकार वन्तको ‘परदेशिको पीडा………’ सार्वजनिक, हेरौ भिडियो



अ+ अ-

काठमाडौं  । नेपालको फोटो पत्रकारितामा स्थापित एवम् सामाजिक अभियन्ता प्रदीपराज वन्तको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार  नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टद्धारा पहिलो पटक निमार्ण गरिएको  ‘ परदेशिको पिडा ’ नामक म्यूजिक भिडियोको विमोचन कलाकार तथा निर्देशक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सिता न्यौपाने पाठक, वरिष्ठ कर्पोरेट सेफ कुमार चालिसेलगायतले संयुक्त रुपमा गर्नुभयो ।
काठमाडौंको न्यूरोडस्थित रिभोल्भीङ रेष्टुरेन्टमा विमोचन कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा वोल्दै प्रमुख अतिथि आकाश अधिकारीले फोटोपत्रकार प्रदीपले हाम्रा नेपाली दाजुभाईको विदेशमा भोगेको दुखलाई गीत संगीतको माध्यमबाट प्रस्तुत गरेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले कलाका विभिन्न आयाम हुने भएकाले त्यसलाई असाध्यै मिहिन तरिकाले प्रस्तुत गर्न सकिने र मानिसको ह्दय छुनसक्ने बताउनुभयो ।

रोजगारीको खोजीमा विदेशिनु पर्ने नेपालीको कथामा आधारीत गीतले हाम्रो समाजिक एवम् हरेक घरको मार्मिक चित्रण गरेको छ । नेपालीले खाडी मुलुकमा गरेको दुःख र उनीहरुले के कसरी पसिना बगाएका छन् भन्ने कुरा गीतमा प्रस्तुत गरिएको छ । खाडीमा मात्रै नभई अदक्ष नेपालीले जहाँ गएपनि दुःख मात्रै पाउने , राम्रो तलब सुविधा नपाउने अवस्थामा गीत र श्रव्य दृश्य सामग्रीले प्रस्तुत गर्ने जर्मको गरेको छ ।

गीतकार नवराज घिमिरेद्धारा रचित परदेशिको पिडा नामक गीत गायक विनोद दनुवारले गाएका छन भने भिडियोमा फोटापत्रकार प्रदीपराज वन्त र मोडल तथा जुम्वा प्रशिक्षक सोनाम केसीको अभिनय रहेको छ । गीतको श्रव्य दृश्य सामग्री (भिडियो) नविनबाबु  गरुङको निर्देशन तथा छायाङकन रहेको छ ।

यस्तै, सहायक निर्देशनमा रेजीना तुलाधरले सहयोग गर्नु भएको थियो । साथै सम्पादन नविन निरौलाको रहेको छ ।  साथै अवका दिनमा सिजन इन्टरटेन्मेन्टले विभिन्न प्रकारका म्यूजिक भिडियोहरु वनाउदै जाने तयारी गरेको छ । उक्त कार्यक्रममा सिजन मिडियाद्धारा लकडाउनमा आयोजना गरिएको मिसेस नेपाल लकडाउन ट्यालेन्टहन्टका विजेताहरुलाई ताज लगाउनुका साथै पुरस्कार वितरण पनि गरिएको थियो ।