८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल आउँदै फिफा अध्यक्ष इन्फान्टिनो



अ+ अ-

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनो नेपाल भ्रमणमा आउने भएका छन् ।

दक्षिण एसियाली देशहरुको भ्रमणको सिलसिलामा फिफा अध्यक्ष इन्फान्टिनो नेपाल आउने भएका हुन् ।

इन्फान्टिनो असोज २० गते नेपाल आउने तयारी भएको अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जनाएको छ ।

इन्फान्टिनो दुई दिने भ्रमणको क्रममा नेपाल आउनेछन् । उनी २० गते नेपाल आएर २१ गते फर्कनेछन् ।

उनको नेपाल भ्रमणको अन्य तालिका भने टुङ्गो लागिसकेको छैन । उनको टिमले नेपाल आएर भ्रमणको तालिका र अन्य विषयमा टुङ्गो लगाउने बताइएको छ ।

इन्फान्टिनो २०१६ देखि फिफाको प्रमुख पदमा छन् । उनी २०१९ मा पुनः अध्यक्ष पदमा निर्वाचित भएका थिए ।