१९ श्रावण २०८३, मंगलवार
,
Latest
युवालाई सही मार्गमा ल्याउन सके सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छः मुख्यमन्त्री आचार्य सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश गरेको विषयमा एमालेले माग्यो सरकारसँग जवाफ राष्ट्रिय अनुसन्धान विभागलाई कुन निकाय मातहत राख्ने भन्दा पनि सशक्त बनाउनु मुख्य विषयः सांसद पोखरेल मुलुकका पाँच सडकखण्ड अवरुद्ध बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु सुनसरीसहित पूर्वी मधेसको धार्मिक तनावबारे निष्पक्ष अनुसन्धान गर्न कांग्रेस सचेतक राईको माग राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत नै रहनुपर्ने कानूनमन्त्रीको अडान नेपाल राष्ट्र बैंक ऐन संशोधनः सञ्चालक समितिको संरचनामा सहमति, तीन स्वतन्त्र सदस्यमध्ये एक महिला अनिवार्य दैलेखको ग्यास खानीले हामीलाई गिज्याइरहेको छः एमाले सांसद राणा काँग्रेस सांसद कार्कीको प्रश्न–२३ लाख ग्यास सिलिण्डर कता हरायो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल आउँदै फिफा अध्यक्ष इन्फान्टिनो



अ+ अ-

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनो नेपाल भ्रमणमा आउने भएका छन् ।

दक्षिण एसियाली देशहरुको भ्रमणको सिलसिलामा फिफा अध्यक्ष इन्फान्टिनो नेपाल आउने भएका हुन् ।

इन्फान्टिनो असोज २० गते नेपाल आउने तयारी भएको अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जनाएको छ ।

इन्फान्टिनो दुई दिने भ्रमणको क्रममा नेपाल आउनेछन् । उनी २० गते नेपाल आएर २१ गते फर्कनेछन् ।

उनको नेपाल भ्रमणको अन्य तालिका भने टुङ्गो लागिसकेको छैन । उनको टिमले नेपाल आएर भ्रमणको तालिका र अन्य विषयमा टुङ्गो लगाउने बताइएको छ ।

इन्फान्टिनो २०१६ देखि फिफाको प्रमुख पदमा छन् । उनी २०१९ मा पुनः अध्यक्ष पदमा निर्वाचित भएका थिए ।




भर्खरै