१९ श्रावण २०८३, मंगलवार
,
Latest
सभामुख अर्यालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ शिष्टाचार भेट हिन्दु सम्राट् सेनाप्रति सांसद राईको आपत्ति, सरकारलाई कडा कदम चाल्न आग्रह विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै सुदूरपश्चिमका विकास आयोजना र स्थानीय समस्या समाधान गर्न रास्वपा सांसदहरूको प्रधानमन्त्रीसँग आग्रह गोली चलाउने प्रवृत्ति अन्त्य गर्न सरकारसँग अमरेश सिंहको आग्रह युवालाई सही मार्गमा ल्याउन सके सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छः मुख्यमन्त्री आचार्य सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश गरेको विषयमा एमालेले माग्यो सरकारसँग जवाफ राष्ट्रिय अनुसन्धान विभागलाई कुन निकाय मातहत राख्ने भन्दा पनि सशक्त बनाउनु मुख्य विषयः सांसद पोखरेल मुलुकका पाँच सडकखण्ड अवरुद्ध बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश गरेको विषयमा एमालेले माग्यो सरकारसँग जवाफ



अ+ अ-

काठमाडाैँ । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरेको विषयमा नेकपा (एमाले)ले सरकारसँग जवाफ माग गरेको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले भारतीय सेनाले सिभिल डे«स लगाएर नेपाली भूमिमा प्रवेश गरेको भन्दै सरकारसँग जवाफ माग गर्नुभएको हो । उहाँले सीमा क्षेत्रमा बसोवास गर्ने नेपाली नागरिकमा असुरक्षा र मुलुकको स्वाभिमानमा चोट पुग्दा समेत सरकार मौन बसिरहेकोप्रति आपत्ति जनाउनु भयो ।

उहाँले सीमा सुरक्षाको विषयमा अझै कति समय संसदमा ध्यानाकर्षण गराउनुपर्ने हो ? भन्दै प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रश्न समेत गर्नुभयो । सीमा सुरक्षाको विषयमा जिम्मेवारपूर्ण भुमिका निर्वाह गर्न समेत सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज फेरि देशको भूमिमा भारतीय सेनाले सिभिल डे«स लगाएर प्रवेश गरेको छ । सुस्ताको जमिनमाथि फेरि चोट पुर्याएको छ । सुस्ताबासीहरुले फेरी यसको प्रतिवादमा उत्रिनुपरेको अवस्था छ । आज देश फेरि सीमा अतिक्रमणको मुद्दाले पीडामा परेको छ । प्रधानमन्त्रीज्यू यसको संवेदनशीलतालाई महशुस गर्न यो संसदले कति समय खर्च गर्नुपर्ने हो ? कति समय ध्या आकृष्ट गर्नुपर्ने हो ? यो अत्यन्त लज्जाको विषय बनेको छ । यस विषयमा सम्माननीय प्रधानमन्त्रीज्युले जिम्मेवारपूर्ण भुमिका निर्वाह गर्नुस् । यसतर्फ म उहाँको ध्यान आकृष्ट गराउन चाहन्छु ।’

सांसद बरालले सुनसरीमा भएको धार्मिक तथा सम्प्रदायिक तनाव उत्पन्न हुनुको कारण र सुरक्षा कमजोरीको विषयमा निष्पक्ष छानविन गर्न समेत माग गर्नुभयो ।