७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

युवालाई सही मार्गमा ल्याउन सके सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छः मुख्यमन्त्री आचार्य

युवालाई सही मार्गमा ल्याउन सके सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छः मुख्यमन्त्री आचार्य
अ+ अ-

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई सचेत, अनुशासित र जिम्मेवार बनाउनुपर्ने बताउनुभएको छ ।

प्रदेशस्तरीय सडक सुरक्षासम्बन्धी गोष्ठीमा आज लमहीमा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा १६ देखि ३० वर्ष उमेर समूहका युवा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुने गरेको बताउनुभयो ।

उहाँले उक्त घटनालाई प्रदेशकै सबैभन्दा ठूलो चुनौती र चिन्ताको विषय भएको उल्लेख गर्नुभयो । मुख्यमन्त्री आचार्यले विद्यालय तहदेखिनै सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा सहकार्य आवश्यकता रहेको बताउनुभयो ।

लुम्बिनी प्रदेशको दाङ, बाँके, कपिलवस्तु र रुपन्देहीमा सवारी दुर्घटना बढी हुने गरेको छ । तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति र लागुऔषधको प्रयोग दुर्घटनाका प्रमुख कारण हुन् । पुराना सवारीसाधन, गुणस्तरहीन सडक र चालकको लापर्वाहीले दुर्घटना बढेको बताइन्छ ।

कार्यशालामा भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीले गुणस्तरीय सडक निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री भण्डारीलाल अहिरले सवारी दुर्घटना न्यूनीकरणका लागि नियम कानुनको इमान्दारीपूर्वक पालना र सडक सुरक्षासम्बन्धी प्रशिक्षण अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

प्रदेश नीति तथा योजना आयोगका फोकल पर्सन शङ्करसिंह धामीले पाँच वर्षको सडक दुर्घटना विवरण प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत विवरणले ९० प्रतिशत दुर्घटना चालकको लापर्वाहीका कारण हुने गरेको उल्लेख छ । प्रदेशमा आव २०७७÷७८ देखि २०८१/८२ सम्म सात हजार ८६६ सवारी दुर्घटना भएको जानकारी दिनुभयो ।

उक्त दुर्घटनामा दुई हजार ५२५ जनाको मृत्यु भएको थियो । पाँच हजार ४१६ जना गम्भीर घाइते र छ हजार ८०४ जना सामान्य घाइते भएका थिए । कार्यक्रममा प्रमुख सचिव कृष्णप्रसाद काप्रीसहित विभिन्न मन्त्रालय, सुरक्षा निकाय, स्थानीय तह र सरोकारवाला निकायका प्रतिनिधि एवं सरोकारवालाको सहभागीता थियो ।

कार्यक्रममा ‘मृत्यु र गम्भीर घाइते शून्यमा झारौँ’ भन्ने लक्ष्यसहित सडक सुरक्षा प्रवर्द्धनका लागि साझा प्रतिबद्धता व्यक्त गरिएको थियो । रासस