१९ श्रावण २०८३, मंगलवार
,
Latest
सभामुख अर्यालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ शिष्टाचार भेट हिन्दु सम्राट् सेनाप्रति सांसद राईको आपत्ति, सरकारलाई कडा कदम चाल्न आग्रह विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै सुदूरपश्चिमका विकास आयोजना र स्थानीय समस्या समाधान गर्न रास्वपा सांसदहरूको प्रधानमन्त्रीसँग आग्रह गोली चलाउने प्रवृत्ति अन्त्य गर्न सरकारसँग अमरेश सिंहको आग्रह युवालाई सही मार्गमा ल्याउन सके सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छः मुख्यमन्त्री आचार्य सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश गरेको विषयमा एमालेले माग्यो सरकारसँग जवाफ राष्ट्रिय अनुसन्धान विभागलाई कुन निकाय मातहत राख्ने भन्दा पनि सशक्त बनाउनु मुख्य विषयः सांसद पोखरेल मुलुकका पाँच सडकखण्ड अवरुद्ध बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु



अ+ अ-

काठमाडाैँ । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई तीव्र तुल्याएका छन् । सरकार गठनका लागि नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी(नेकपा)बीच सत्ता साझेदारीका लागि सहमति भैसकेकाले अन्य दलसँग पनि छलफल अघि बढाइएको छ ।

सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टीसँग छलफल भइरहेको एमाले संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले जानकारी दिनुभयो । “सरकार गठनका लागि दलहरूसँग छलफल तीव्र रुपमा अघि बढेको छ”, उहाँले भन्नुभयो, “सरकार गठनको गतिरोध चाँडै नै अन्त्य गर्ने गरी छलफल अघि बढाइएको छ ।” नयाँ सरकार गठनको गतिरोध अन्त्य गर्न मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सबै दलहरूसँग छलफल गर्नुभएको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले जानकारी दिनुभयो ।

मुख्यमन्त्री बानियाँले नयाँ सरकार गठन गर्न स्पष्ट बहुमत जुटाउन वा कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई नै समर्थन गर्दै राजनीतिक अन्योलताको अन्त्य गर्न आग्रह गर्नुभएको छ । १०४ सदस्यीय बागमती प्रदेश सभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपालगायतका छ दल सहभागी छन् । सिट सङ्ख्याका आधारमा प्रदेशमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ३६ सिट छ भने नेकपाको २६ र एमालेको २५ सिट छ ।

त्यस्तै प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १२ सिट, नेमकिपासँग तीन र हाम्रो नेपाली पार्टीसँग दुई सिट रहेको छ । बागमती प्रदेश सभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेस नेतृवको सरकारबाट समर्थन फिर्ता सहित एमाले बाहिरए पनि नयाँ सरकार गठनका लागि बहुमत पुग्न नसक्दा सरकार निर्माणले निष्कर्ष पाउन सकेको छैन । नेपालका पुराना राजनीतिक शक्तिका रुपमा रहेका नेपाली कांग्रेस र एमालेले प्रदेशकमा अन्य दलको समर्थन लिएर आ–आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयास जारी रहेको बताइएको छ ।