• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   ‘मौरी मर्नुको कारण परिजीवी, विषादी र कुपोषण’ ★   आदि शङ्कराचार्यको पदचाप पछ्याउँदै… ★   ईडब्लूएल: काठमाडौं स्पाइकर्सका मुख्य प्रशिक्षकमा जगदिश भट्ट नियुक्त ★   कृषि ऐन छिटो ल्याउन प्रयत्नरत छु: कृषिमन्त्री अधिकारी ★   प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेसालाई पुरस्कार प्रदान ★   कर प्रशासनमा उल्लेखनिय सुधार हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन ★   दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा छाड्न सर्वोच्च अदालतको आदेश ★   कैलाश मानसरोवर जानेको सङ्ख्या बढ्यो ★   उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्रु मारमा ★   बागलुङ दुर्घटना: पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष बुढाको मृत्यु

कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै



काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै छ । केन्द्रीय राजधानी काठमाडौंको हकमा दिउँसो एक बजे प्रदर्शन हुने भएको छ ।

नेपाली कांग्रेस काठमाडौं जिल्ला अध्यक्ष सबुज बानियाँका अनुसार काठमाडौंका १० वटै निर्वाचनमा क्षेत्रमा एउटै समयमा दिउँसो १ बजे प्रदर्शन हुने भएको छ । सम्बन्धित निर्वाचन क्षेत्रका नेता, केन्द्रीय सदस्य र अगुवा नेताहरुले सम्बोधन गर्नु हुन्छ । कांग्रेसले काठमाडौंमा रहने सबैलाई आफूलाई पायक पर्ने ठाउँमा उपस्थित भएर सरकारको विरोध प्रदर्शनमा सहभागी भइदिन अपिलसमेत गर्नुभएको छ ।  

अध्यक्ष बानियाँका अनुसार काठमाडौंका निर्वाचन क्षेत्र नम्बर १- नयाँबानेश्वर, होटल एभरेस्ट अगाडि, निर्वाचन क्षेत्र नम्बर २- कोटेश्वर चोक,निर्वाचन क्षेत्र नम्बर ३- जोरपाटी चोक, निर्वाचन क्षेत्र नम्बर ४- नारायणचौर नक्साल, निर्वाचन क्षेत्र नम्बर ५- महाराजगन्ज, नारायणगोपाल चोक, निर्वाचन क्षेत्र नम्बर ६- मनमैजु, लोकतान्त्रिक चोक, निर्वाचन क्षेत्र नम्बर ७- बालाजु चोक, निर्वाचन क्षेत्र नम्बर ८- बसन्तपुर डबली, निर्वाचन क्षेत्र नम्बर ९- कलंकी चोक, निर्वाचन क्षेत्र नम्बर १०- कीर्तिपुर बजार लगायत दश स्थानहरुमा  विरोध प्रदर्शन हुनेछ ।