४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कम्युनिष्टहरुले देशलाई बर्बादीको खाडलमा हाल्दा काँग्रेस टुलुटुल हेरेर बस्दैन :डा. महत

कम्युनिष्टहरुले देशलाई बर्बादीको खाडलमा हाल्दा काँग्रेस टुलुटुल हेरेर बस्दैन :डा. महत
अ+ अ-

काठमाण्डौं । नेपाली कांग्रेसका सह महामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बर्तमान ओली सरकारले आफ्नो निहीत स्वार्थ र पार्टीको आन्तरिक झगडामा देशलाई ठूलो आर्थिक तथा राजनीतिक खाडलमा हालेको बताएका छन् । 

उनले भने वर्तमान कम्युनिष्ट सरकार देश चकनाचुर बनाउने तर्फ उद्धत रहेकोले कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए । उनले लोकतन्त्रवादी शक्ति मिलेर वर्तमान ओली सरकारको भण्डाफोर गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

हठात् प्रतिनिधिसभा बिघटन गरिएको विरोधमा आज कांग्रेसले महाराजगञ्ज चक्रपथमा आयोजना गरेको बिरोध सभामा डा. महतले सरकारले संविधान मास्ने काम गरेर देश संकटमा परेकोले लोकतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने आबश्यकता औल्याए ।

सहमहामन्त्री डा महतले देशलाई पहिला भ्रष्टाचारको दलदलमा फसेकोले समस्याग्रस्त राजनीतिलाई कांग्रेसले नै सहि बाटोमा ल्याउने दृढता पनि ब्यक्त गरे । डा. महतले सवर्सत्तावादको बिरोधमा देशैभर कांग्रेस सडकमा आएको पनि उनले बताए ।

उनले प्रतिनिधि सभा पुनस्थार्पना भए दुइ बर्षपछि र बिघटनलाई नै अदालतले सदर गरे तुरुन्तै निर्वाचनमा होमिन पनि कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले भने काँग्रेस देशका समग्र प्रजातन्त्रवादीहरुको पार्टी हो, निर्वाचनमा जान डराउँदैन ।