३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका कप्तान रोहितसँग झगडा गर्ने बंगलादेशका बलरलाई आईसीसीले लगायो जरिवाना



अ+ अ-

काठमाडौँ । टी-२० विश्वकप अन्तर्गत आफ्नो अन्तिम खेलमा सोमबार नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गरेको थियो । खेलमा नेपाल २१ रनले पराजित भयो ।

१०६ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले तेस्रो ओभरमा दुई विकेट गुमाएको थियो । बंगलादेशका तान्जिम हसन शकिबले ओभरको दोस्रो बलमा कुशल भुर्तेल र चौथो बलमा अनिल शाहको विकेट लिए ।

त्यसपछि नेपालका कप्तान रोहित पौडेल मैदानमा आए । तान्जिमले उनलाई दुईवटा डट बल बोल्ड गरे र दुवैले एकअर्कालाई हेर्न थाले । यसपछि दुवैबीच झगडा सुरु भयो । अम्पायरले बंगलादेशका कप्तान नजमुल हुसेन शान्तोसँग कुरा गरेर मामिला शान्त गराए ।

यसैबीच, अब आईसीसीले तान्जिमलाई कारबाही गरेको छ । आईसीसीले उनीमाथि ‘म्याच फि’ को १५ प्रतिशत जरिवाना गराएको हो । आईसीसीले आचारसंहिताको २.१२ अन्तर्गत ‘खेलाडीको व्यक्तिगत समर्थनलाई लिएर खेलाडी, खेलाडी सहयोगी कर्मचारी, अम्पायर, म्याच रेफ्री वा अन्य कुनै व्यक्तिसँग अनुपयुक्त शारीरिक सम्पर्क (अन्तर्राष्ट्रिय खेलको समयमा दर्शक सहित ।’ मा तान्जिम दोषी पाइएको जनाएको छ ।

तान्जिमले खेलमा ४ ओभरमा ७ रनमात्रै खर्चेर चार विकेट लिएका थिए । उनी प्लेयर अफ द म्याच समेत बनेका थिए ।