२२ भाद्र २०८३, सोमबार
,
Latest
‘जेन्जीआन्दोलका सहिदको सुशासन र भ्रष्टाचार अन्त्यको सपना पूरा होस’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानमाथि अमेरिकी सेनाको लगातार नवौँ रात हवाई आक्रमण जारी



अ+ अ-

काठमाडौँ। अमेरिकी सेन्ट्रल कमाण्डकाअनुसार अमेरिकी सेनाले आईतवार साँझ इरानमाथि लगातार नवौँ रात पनि हवाई आक्रमण गरेको छ ।

सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै सेन्ट्रल कमाण्डले पछिल्लो चरणको आक्रमण आईतवार स्थानीय समय अनुसार साँझ ७ बजे शुरु भएको जनाएको छ ।

‘हर्मोज जलसन्धि भएर आवतजावत गर्ने व्यावसायिक जहाज र सर्वसाधारण नाविकहरूमाथि आक्रमण गर्न प्रयोग गरिने इरानी सैन्य क्षमतालाई क्षयीकरण गर्न यी आक्रमणहरू जारी रहनेछन् ।’

कमाण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी, इरानमाथि लगाइएको नौसैनिक नाकाबन्दीको पालना सुनिश्चित गराउने क्रममा अमेरिकी सेनाले आइतबारसम्म छ वटा व्यावसायिक जहाजहरूको मार्ग परिवर्तन गराउनुका साथै अर्को एक जहाजलाई नियन्त्रणमा लिएर निष्क्रिय पारेको समेत कमाण्डले जानकारी दिएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल