१६ श्रावण २०८३, शनिबार
,
Latest
भियतनाम सरकारद्वारा अवैतनिक महावाणिज्यदुत राजेशकाजी श्रेष्ठ सम्मानित ‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’ सिंहको कवितासङ्ग्रह ‘लोकतन्त्रको अस्मिता’ लोकार्पण ‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’ मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु,एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा  नेपाल–चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य पूरा भएन रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली काँग्रेसले असभ्य व्यवहार गरेको बताउनुभएको छ ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङको व्यवहार असभ्य भएको उहाँको भनाइ थियो । बिहीवारको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न सभामुख देवराज घिमिरेले समय दिएसँगै काँग्रेसले रोष्टममा जान नदिएपछि अध्यक्ष ओली स्वयं नै उठेर रोष्टममा जान इसारा गर्नुभएको थियो ।

अध्यक्ष ओलीको इसारापछि उपसभापति गुरुङले ओलीको नजिकै आएर औंला ठड्याउँदै चर्को स्वरमा नारा लगाएको दृश्य देख्न सकिन्छ । अध्यक्ष ओलीले शुक्रवार सो बारेमा संसद भवन परिसरमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै काँग्रेसले उत्ताउलो पन देखाएर सत्तापक्ष र मन्त्री बसेको रोमा आएको बताउनु भयो । उहाँले काँग्रेस सांसदहरुले अपशब्द प्रयोग गरेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भिडन्त भएन, काँग्रेसहरुले उत्ताउलो पन देखाएर हामी बसेको ठाउँमा आएर मन्त्रीको रो भित्र छिर्ने, म बसेको ठाउँमा आउने अनि अनेक अपशब्द बोल्ने । यो खालको सभ्य व्यवहार भएन । म आफ्नो ठाउँमा बसेको थिएँ । सरकारबाट मैले हटाइदिएको भन्ने आरोप लगाएको होला ।’

अध्यक्ष ओलीले काँग्रेसका सांसदहरुले सरकारबाट आफूले हटाइदिएको आरोपमा रिस देखाउँदै आफूमाथि असभ्य व्यवहार गरेको बताउनु भयो ।