११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा



अ+ अ-

काठमाडौँ। नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७१ वर्ष आज पूरा भएको छ ।

यस अवसरमा नेपालका लागि चीनका राजदूत चाङ माओमिङले दुई देशबीचको परम्परागत मित्रता, पारस्परिक सम्मान र पारस्परिक हितमा आधारित सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

राजदूत चाङले जारी गर्नुभएको शुभकामना सन्देशमा चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७१औँ वर्षगाँठका अवसरमा जारी शुभकामना सन्देशमा विगत ७१ वर्षदेखि दुवै मुलुकबीच दिगो मित्रता, पारस्परिक सम्मान र आपसी लाभमा आधारित सहकार्य निरन्तर सुदृढ हुँदै गएको उल्लेख गरिएको छ ।

सन्देशमा उहाँले नेपालसँगको परम्परागत मित्रतालाई निरन्तर अघि बढाउँदै विकास र समृद्धिका लागि चिरस्थायी मित्रतामा आधारित रणनीतिक साझेदारीलाई थप उचाइमा पु¥याउन तथा त्यसबाट दुवै देशका जनतालाई अझ बढी लाभ पु¥याउन नेपालसँग सहकार्य गर्न तत्पर रहेको बताउनुभएको छ ।

सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुवै मुलुकबीच राजनीतिक, आर्थिक, पूर्वाधार, व्यापार, शिक्षा, संस्कृति तथा जनस्तरीय सम्बन्धलगायत विविध क्षेत्रमा सहकार्य हुँदै आएको छ । रासस