११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहको कवितासङ्ग्रह ‘लोकतन्त्रको अस्मिता’ लोकार्पण



अ+ अ-

काठमाडौँ। कवि मणिराज सिंहको कवितासङ्ग्रह ‘लोकतन्त्रको अस्मिता’को लोकार्पण गरिएको छ । ज्योति साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा लोकसंस्कृतिविद् प्रा तुलसी दिवसले सो पुस्तकको विमोचन गर्नुभएको हो ।

साहित्यकार दिवसले कवि सिंह विचारको अग्निशिखा बोकेर हिँड्ने सचेत कवि भएको बताउँदै कवितालाई कोठाको विलासिताबाट निकालेर सडकको यथार्थ र जनजीवनको धड्कनसम्म पुर्‍याउनुपर्ने धारणा राख्नुभयो ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वउपकुलपति प्रा डा विष्णुविभु घिमिरेले सिंहका कविता बौद्धिक र नयाँ पुस्तालाई प्रेरित गर्ने खालको भएको बताउनुभयो । प्रतिष्ठानका पूर्वसदस्यसचिव डा तुलसीप्रसाद भट्टराईले कृतिकार सिंह साहित्यिक सिर्जना, संस्थागत नेतृत्व र नयाँ स्रष्टालाई मार्गदर्शन गर्ने कार्यमा निरन्तर सक्रिय रहेको बतउनुमयो ।

पुस्तकमाथि समीक्षा गर्दै प्रा डा भरतकुमार भट्टराई र डा रमेश शुभेच्छुले विम्ब, प्रतीक र अलङरका दृष्टिले कृति सशक्त रहेको टिप्पणी गर्नुभयो । कार्यक्रममा स्रष्टाहरू उषा शेरचन, सुनिता अधिकारी, योगाज राजन कविराज, रचिता दाहाल, कल्पना मरासिनी तथा बुद्धिमान महर्जनले ‘लोकतन्त्रको अस्मिता’बाट कविता वाचन गर्नुभएको थियो ।

सो अवसरमा ‘नेपाली सरोकार’ मासिककी प्रकाशक/सम्पादक रमा वली र ‘गृष्मा ग्राफिक प्रेस’का अध्यक्ष घननारायण श्रेष्ठलाई सम्मान गरिएको थियो । रासस