१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी



अ+ अ-

जनकपुरधाम। जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्युः आदेश हटाउँदै निषेधाज्ञा लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार आज बिहान १०ः०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो ।

यसअघि साउन १४ गते दिउँसो ३ः३० बजेदेखि जारी गरिएको कर्फ्यु आदेश जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार आज बिहान १०ः०० बजेदेखि हटाइएको प्रशासनले जनाएको छ ।

कर्फ्यु हटाइए पनि शान्तिसुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३ क) बमोजिम चारकिल्लाभित्र एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ ।

प्रशासनले तोकेको चारकिल्लाअनुसार निषेधाज्ञा लागू हुने क्षेत्रहरूमा उत्तरतर्फ लक्ष्मीनिया हटबजार चोकबाट पश्चिम सिउरजोडा चोक हुँदै पूर्वमा लक्ष्मीपुर बोबासम्म, पूर्वतर्फ बेलौनी रोडस्थित एमक्यु स्टिलबाट ५०० मिटर पूर्वपेट्रोलपम्प हुँदै राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणतर्फ नगराइन नगरपालिकाबाट नगराइन चोकसम्म तथा पश्चिमतर्फ सिउरजोडा-मोहीनी-मनिमण्डप-नेपाल नर्सरी-इरकोन जनकपुर-दुहमती पुल-बेला-कादरी मस्जिद क्षेत्र समेटिएका छन् ।

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको उल्लङ्घन गर्ने जोकोहीलाई नियन्त्रणमा लिएर प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय सिरहाले लहान नगरपालिकामा जारी गरिएको कर्फ्यु आदेश हटाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आज सूचना जारी गरी जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम लगाइएको कर्फ्यु आदेश हटाइएको जानकारी दिनुभएको छ ।

सूचनाअनुसार लहान नगरपालिका क्षेत्रभित्र लागू गरिएको कर्फ्यु साउन १६ गते बिहान १०ः०० बजेदेखि हटाइएको हो । प्रशासनले सुरक्षा निकायसँगको समन्वय तथा स्थानीय अवस्थाको मूल्याङ्कनपछि कर्फ्यु हटाउने निर्णय गरिएको सूचनामा उल्लेख छ । कर्फ्यु हटाइएपछि लहान क्षेत्रमा जनजीवन क्रमशः सामान्य बन्दै जाने अपेक्षा गरिएको छ ।

यसअघि जिल्लामा उत्पन्न सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले साउन १४ गतेदेखि लहान नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो । प्रशासनले नागरिकलाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ । रासस