१६ श्रावण २०८३, शनिबार
,
Latest
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु,एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा  नेपाल–चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य पूरा भएन रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा राजनीतिलाई सत्ता र शक्तिको स्वार्थभन्दा माथि उठाउनुपर्छः गगनकुमार थापा सद्भाव र्‍याली लगत्तै सुनसरी र सिरहा घटनाका दोषीलाई कारबाहीको माग गर्दै जनकपुरधाममा प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिलाई सत्ता र शक्तिको स्वार्थभन्दा माथि उठाउनुपर्छः गगनकुमार थापा



अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सत्ता र शक्तिको संकुचित घेराबाट बाहिर निकालेर जनसेवाको मुख्य माध्यम बनाउनुपर्ने बताउनुभएको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राजनीतिमा बढ्दै गएको पद र शक्तिको आशक्तिप्रति चिन्ता व्यक्त गर्नुभएको हो ।

नेपाली काँग्रेस केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ‘विपद पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै सभापति थापाले राजनीतिलाई सबैभन्दा ठूलो सार्वजनिक र मानव सेवाको क्षेत्रका रूपमा परिभाषित गर्नुभयो ।

नागरिक सेवा र मानव सेवाका लागि शक्ति र सत्तालाई साधन बनाउनुपर्नेमा केवल सत्ता प्राप्तिकै लागि मात्र राजनीति गर्ने अवस्थामा पुग्नु दुःखको विषय भएको उहाँको भनाइ छ । यो राजनीतिको उद्देश्यभन्दा फरक र विचलित बाटो भएको बताउनु भयो ।

पार्टीको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै उहाँले संस्थापक नेताहरूले सत्ता वा शक्तिको अभिलाषा राखेर नभई विशुद्ध नागरिक सेवाको भावनाले पार्टी स्थापना गरेको उल्लेख गर्नुभयो । बदलिँदो परिवेशमा पार्टीका सामु नयाँ विषय र चुनौतीहरू थपिएको बताउँदै उहाँले सांगठनिक सुदृढीकरण र नीतिगत स्पष्टतालाई सँगसँगै लैजानुपर्ने आवश्यकता औंल्याउनु भयो ।

सभापति थापाले भन्नुभयो, ‘हामी राजनीतिमा आएको पनि त्यही भएर हो । राजनीतिभन्दा ठूलो सार्वजनिक सेवा अरू केही छैन । राजनीतिभन्दा ठूलो नागरिक सेवा वा मानव सेवा पनि केही होइन। नागरिक र मानव सेवा गर्न शक्ति भयो भने अझ धेरै गर्न सकिन्छ, सत्ता भयो भने अझ प्रभावकारी रूपमा गर्न सकिन्छ भन्ने सोचबाट हामी चिप्लिएर शक्ति र सत्ताकै लागि राजनीति गर्ने ठाउँमा पुग्यौँ । तर यो पार्टी स्थापना गर्ने संस्थापक नेताहरूले शुरुदेखि सत्ता र शक्तिलाई लक्ष्य बनाएका थिएनन् । यो पार्टी नागरिक सेवा र मानव सेवाकै भावनाबाट प्रारम्भ भएको हो । आज पार्टी नयाँ चरणमा आइपुगेको छ । नयाँ विषय छन्, नयाँ चुनौतीहरू छन् । म प्रतिष्ठानप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । यसले विषयवस्तुलाई जसरी पक्रेको छ र अत्यन्त व्यवस्थित ढङ्गले कार्यक्रम सञ्चालन गरिरहेको छ, त्यो प्रशंसनीय छ । हामी पार्टीका नियमित संगठनात्मक काम गर्दै जान्छौँ । त्यससँगै पार्टीको आत्मालाई जीवन्त राख्ने यस्ता वैचारिक र सामाजिक कार्यहरू पनि निरन्तर अघि बढाउँदै जानुपर्छ ।’

प्रतिष्ठानको कार्यशैलीप्रति सन्तोष व्यक्त गर्दै उहाँले पार्टीको मर्म र आत्मालाई बुझेर रचनात्मक कार्यहरू भइरहेको बताउनु भयो । एकातर्फ नियमित सांगठनिक गतिविधि र अर्कोतर्फ नीतिगत तथा प्रशिक्षणका कामहरू व्यवस्थित ढंगले अगाडि बढ्नु सुखद् पक्ष रहेको उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल