७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

नेतृत्वमा करुणा र सहानुभुति हुनुपर्छः सभापति थापा

नेतृत्वमा करुणा र सहानुभुति हुनुपर्छः सभापति थापा
अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक नेतृत्वमा करुणा र सहानुभूति हुनुपर्ने बताउनुभएको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेतृत्वको प्रमुख गुण मानवीय संवेदना हुनुपर्ने बताउनुभएको हो ।

सभापति थापाले आगामी साउन २४ गतेदेखि पार्टीले ‘एनसी फर एनसी’ (नेप्लिज काँग्रेस फर नेसनल कज) अभियान शुरु गर्न लागेको जानकारी दिनुभयो ।

यस अभियानअन्तर्गत पार्टीका प्रत्येक नेता तथा कार्यकर्ताले वर्षभर आफूलाई कुनै न कुनै सामाजिक वा राष्ट्रिय कार्यमा संलग्न गराउनुपर्ने नीति लिइएको उहाँले स्पष्ट पार्नुभयो ।

विपद् व्यवस्थापनसम्बन्धी तालिम लिइरहेका सहभागीहरूलाई लक्षित गर्दै उहाँले यस वर्षको आफ्नो सङ्कल्प विपद् प्रतिकार्यसँग जोड्न आग्रह गर्नुभयो । आधुनिक युगमा नेतृत्वका लागि ज्ञान र प्रविधिको सीप मात्र पर्याप्त नहुने तर्क गर्नुभयो ।

सभापति थापाले भन्नुभयो, ‘एनसि फर एनसि भनेर हामीले जुन अभियान शुरु गरेका छौँ, नेपाली काँग्रेस फर नेशनल कज भनेर, यो श्रावण २४ गतेदेखि पार्टीका साथीहरूले आफ्नो काम शुरु गर्नुहुन्छ । पहिलो दिनदेखि नै हामी प्रत्येकले कुनै न कुनै एउटा कामसँग आफूलाई वर्षभरि जोड्छौँ । मेरो अनुरोध यो प्रशिक्षणमा आउनुभएका प्रत्येक साथीहरूलाई के छ भने, यो वर्षका लागि आफ्नो नेशनल कजको प्रतिवद्धता विपद् व्यवस्थापनसँग जोडेर बनाइदिनुहोस् । यहाँ सिकेका कुरालाई वर्षभरि व्यवहारमा उतार्नुहोस् । केही नभए पनि आफूले सिकेको ज्ञान अर्को चार–पाँच जनासम्म पु¥याउनुभयो भने पनि त्यो ठूलो योगदान हुनेछ । त्यसैले यहाँ आउनुभएका साथीहरूसँग हाम्रो अपेक्षा यही हो । केही दिनअघि म केही तन्नेरी साथीहरूसँग राउण्ड टेबलमा बसेको थिएँ । अनौपचारिक चिया–गफका क्रममा मैले प्रश्न राखेँ– यो शताब्दीमा यति धेरै परिवर्तन भइसकेको छ, नयाँ पुस्ता आएको छ, संसारभरि नयाँ–नयाँ आन्दोलन भइरहेका छन् । यस्तो समयमा नेतामा हुनुपर्ने सबैभन्दा ठूलो गुण के हो ? धेरै उत्तर आए–ज्ञान हुनुपर्छ, सामाजिक सञ्जाल चलाउन जान्नुपर्छ, नयाँ प्रविधि बुझ्नुपर्छ आदि । ती सबै कुरा राम्रो थिए, हामीले टिप्यौँ पनि । तर मैले भनेँ, एउटा सबैभन्दा महत्त्वपूर्ण कुरा छुटेको छ । त्यो नभएसम्म अरू सबै गुण भएर पनि आजको युगलाई चाहिने असल नेता बन्न सकिँदैन । त्यो गुण हो ? करुणा । जसको मनमा करुणा छैन, सहानुभूति छैन, उसले नेतृत्व गर्न सक्दैन । बाढी, पहिरो, खडेरी वा विपद्का बेला कसले ज्यान गुमायो, कुन किसानको बाली नष्ट भयो, कसले खान पाएन, कसलाई कस्तो पीडा भयो भन्ने महशुस गर्न सक्ने क्षमता नै नेतृत्वको आधार हो । यदि करुणा, माया र सहानुभूति हरायो भने हामी केवल मेसिनजस्ता बन्छौँ, जहाँ भ्युज र लाइक मात्र महत्त्वपूर्ण हुन्छ । मैले साथीहरूलाई भनेको थिएँ, लाइफ र लाइकबीच रोज्नुपरे लाइफ रोज्न सक्ने नेता बन्नुहोस् । लाइफ सबैभन्दा महत्वपूर्ण हो, लाइक पछि आउँछ, आए आउँछ, नआए आउँदैन । त्यसैले तपाईंहरूले विपद् व्यवस्थापनको तालिम लिँदै गर्दा यो कुरा कहिल्यै नबिर्सनुहोस् ।’

सामाजिक सञ्जालको चर्चा (लाइक) र मानवीय जीवन (लाइफ) बीचको भिन्नता उल्लेख गर्दै उहाँले भर्चुअल लोकप्रियताभन्दा नागरिकको जीवन रक्षा र सेवालाई प्राथमिकता दिन युवाहरूलाई सुझाव दिनुभयो ।

नेपाली काँग्रेस केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा सभापति थापाले प्रशिक्षणबाट प्राप्त ज्ञानलाई समाजको तल्लो तहसम्म पु¥याउन र विपद्को समयमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रशिक्षार्थीहरूलाई निर्देशन समेत दिनुभयो । –न्युज एजेन्सी नेपाल