१६ श्रावण २०८३, शनिबार
,
Latest
नेतृत्वमा करुणा र सहानुभुति हुनुपर्छः सभापति थापा सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् रविले भ्रम र यथार्थको सम्मिश्रणबाट भीड जम्मा गरे, कानूनी समस्याले बालेन कामचलाउ भएः खगेन्द्र संग्रौला भीषण हावाहुरीका कारण ग्रीसभर डढेलो फैलियो, समुन्द्री मार्गबाट सयौँको उद्धार मुलुकमा समस्याको समाधान होइन, शिथिलीकरण मात्र भयोः प्रा. कृष्ण खनाल व्यवस्था र व्यक्तिप्रतिको आक्रोश नछुट्याउँदा लोकतन्त्रमाथि चुनौती थपियोः सीता गुरुङ गाजामा हमाससहित सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि सम्झौता भएको ट्रम्पको दाबी भारतको महाराष्ट्रमा भवन भत्किँदा नौ जनाको मृत्यु, उद्धार कार्य जारी खोप तथा प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरणका लागि नाइजेरियालाई गाभीद्वारा ५० करोड डलर सहयोग नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवस्था र व्यक्तिप्रतिको आक्रोश नछुट्याउँदा लोकतन्त्रमाथि चुनौती थपियोः सीता गुरुङ



अ+ अ-

काठमाडौँ।  नेपाली काँग्रेसकी नेतृ एवं पूर्वमन्त्री सीता गुरुङले व्यवस्था र व्यक्तिप्रतिको आक्रोश नछुट्याउँदा लोकतन्त्रमाथि चुनौती थपिएको बताउनुभएको छ ।

‘समाज र राजनीतिबीचको अन्तरसम्बन्ध’ विषयक एक कार्यक्रममा बोल्दै उहाँले प्रजातन्त्र प्राप्तिको लामो सङ्घर्षपछि पनि प्रणालीलाई सुदृढ बनाउन नसकिएकोमा चिन्ता व्यक्त गर्नुभएको हो ।

मुलुकको विविधतालाई सम्बोधन गर्दै प्रत्येक नागरिकले राज्यमा आफ्नो सुरक्षा र भविष्य सुनिश्चित देख्ने वातावरण निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

वर्तमान राजनीतिक अवस्था, भू–राजनीति र सामाजिक परिवेशलाई मध्यनजर गर्दै जनतामा पुनः आशा जगाउनु नै अहिलेको मुख्य चुनौती र आवश्यकता रहेको नतृ गुरुङको भनाइ छ ।

नेतृ गुरुङले नेपाली जनताले नागरिक अधिकार र स्वतन्त्रताका लागि पटक–पटक आन्दोलन गरेको स्मरण गर्दै प्राप्त प्रजातन्त्रलाई अझै पनि ‘कलिलो’ नै मान्नुपर्ने अवस्था रहेको बताउनु भयो ।

संविधान सभाको निर्वाचन र संविधान निर्माणको प्रक्रियाबारे चर्चा गर्दै उहाँले राजनीतिक दलहरूबीचको साझा सहमतिमा संविधान बनेको उल्लेख गर्नुभयो ।

पहिलो संविधान सभाको कार्यकाल निष्कर्षविहीन हुनु र दोस्रो निर्वाचनमार्फत संविधान जारी हुनुले नेपाली राजनीतिमा देखिएका जटिल खुड्किलाहरूलाई प्रष्ट पार्ने उहाँको तर्क छ ।

उहाँले भन्नुभयो, ‘नेपालले राजनीतिक व्यवस्थाका लागि लामो संघर्ष ग¥यो । प्रजातन्त्र नहुँदा नागरिकका अधिकार र अभिव्यक्ति स्वतन्त्रता खोसिने भएकाले हामी आन्दोलनमा लाग्यौँ । प्रजातन्त्र प्राप्त भयो तर परिपक्व लोकतन्त्र कहिले स्थापित हुन्छ भन्ने प्रश्न अझै बाँकी छ । संविधानसभामार्फत संविधान निर्माण भयो र समाजवादउन्मुख राज्य, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता तथा मिश्रित निर्वाचन प्रणालीलाई संविधानका प्रमुख उपलब्धिका रूपमा स्वीकार गरियो । तर ती व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक कानूनहरू समयमै बन्न सकेनन् । आज व्यवस्था असफल भयो कि व्यक्तिहरू असफल भए भन्ने विषय छुट्याउन आवश्यक छ । लोकतन्त्रलाई कमजोर बनाउने होइन, प्रभावकारी बनाउने दिशामा अघि बढ्नुपर्छ । वर्तमान राजनीतिक अवस्था, भूराजनीति र सामाजिक विविधतालाई सम्बोधन गर्दै प्रत्येक नागरिकले यो देश मेरो हो, म यहाँ सुरक्षित छु भन्ने विश्वास र आशा जगाउन सक्यौँ भने मात्र लोकतन्त्र सुदृढ र सफल बन्न सक्छ ।’

वर्तमान संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख समाज, सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशिता जस्ता उपलब्धिहरू ऐतिहासिक भएको गुरुङले उल्लेख गर्नुभयो । तर ती उपलब्धिलाई संस्थागत गर्न आवश्यक पर्ने कानूनहरू समयमै निर्माण हुन नसक्दा कार्यान्वयनमा जटिलता देखिएको उहाँको ठम्याइ छ । –न्युज एजेन्सी नेपाल