७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’

‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’
अ+ अ-

काठमाडौँ। खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट विभिन्न पाँच कम्पनीको ग्यास सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाएको छ ।

निगमले आजदेखि काठमाडौँ उपत्यकामा बजारीकरण गर्ने नेपाल, एचपी, एभरेष्ट, सुगम र श्रीराम ग्यासका सिलिण्डर सम्बन्धित उद्योगमार्फत बिक्रीवितरण गर्ने व्यवस्था मिलाएको हो । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार ती उद्योगले बिहान ११ः०० देखि अपराह्न ५ः०० बजेसम्म १४ दशमलव दुई केजीका ग्यास सिलिण्डरको बिक्री वितरण गर्नेछन् ।

गत जुलाईमा मात्रै करिब ४९ हजार मेट्रिकटन ग्यास आयात भएको निगमले जनाएको छ । उद्योगीले यही साउन १ गतेदेखि १५ गतेसम्म २६ दशमलव पाँच मेट्रिकटन ग्यास आयात गरेका छन् ।

“ग्यासको अभाव होइन, मागअनुसारको ग्यास आपूर्ति भइरहेको छ, सात दशमलव एक किलो ग्यास भएको सिलिण्डरबाट १४ दशमलव दुई किलोमा ‘स्वीच’ हुँदा तत्काल समस्या देखिएको हो”, प्रवक्ता ठाकुरले भन्नुभयो, “बढीमा एक सातामा ग्यासको बिक्रीवितरण सहज हुनेछ ।”

निगमले माग अनुसारको ग्यास आयत भइरहेको दाबी गरेपनि  उपभोक्ताले सहजै ग्यास पाउन नसकेको गुनासा गरेका छन् । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा ग्यासको अभाव देखिएको छ । अधिकांश बिक्रेताले उद्योगबाट ग्यास नआएको भन्दै उपभोक्तालाई फर्काइरहेका छन् ।

काठमाडौँको बालाजु क्षेत्रमा बसोबास नवराज पोखरेलले केहीदिनदेखि सहज रूपमा ग्यास नपाएको गुनासो गर्नुभयो । “ग्यास पसलमा जाँदा उद्योगबाट ग्यास नआएको भनेकाले नाम टिपाएर आएको छु । एक–दुई दिनमा ग्यास आएपछि पसलेले पठाउँछु भनेका छन्”, उहाँले भन्नुभयो ।

एलपी ग्यासको आयात तथा बिक्रीवितरण नियमित भइरहेको जनाउँदै निगमले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न एवं अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ । उपभोक्ताबाट बजारमा ग्यास अभाव भएको भन्ने गुनासो आइरहेकातर्फ उद्योगीको ध्यानाकर्षण गराउँदै निगमले ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन उद्योगीलाई निर्देशन दिएको छ ।

निगमले घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकता दिन तथा खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको विवरण राखी ग्यासको बिक्री व्यवस्थित बनाउन बिक्रेतालाई अनुरोध गरेको छ । दैनिक रूपमा मागअनुसार ग्यासको आपूर्ति भइरहेको स्पष्ट पार्दै निगमले ग्यास नपाएको अवस्थामा हटलाइन नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ । रासस