• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   ओलीमाथि बालेनको आक्रोश: गिरीबन्धु काण्ड लुकाउन जनता नझुक्याउनु ★   आजदेखि कान्तिलोकपथ पूर्णरूपमा सञ्चालनमा ★   टी–२० विश्वकपः सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हरायो ★   ओमान र नामिबियाको खेल सुपर ओभरमा ★   न्यायाधीश नियुक्ति : भागबण्डा मात्र खोज्ने कि विषयविज्ञता पनि हेर्ने ? ★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ?

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्रीबीच भेटवार्ता



काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ।  परराष्ट्रमन्त्री ज्ञवालीले शनिबार बिहान नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा भेटवार्ता गरेका हुन् ।  

भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यको समेत सहभागिता थियो। रक्षामन्त्री सिंहले परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटपछि भारत-नेपालको सम्बन्ध केबल सरकारमा मात्रै सीमित नभएर दुई देशका नागरिकबाट अघि बढेको बताएका छन्।

‘भारतको नेपालसँगको सम्बन्ध केबल सरकारमा मात्रै सीमित छैन । यो सम्बन्ध दुई देशका नागरिकबाट अघि बढेको छ,’ सिंहले ट्विटरमा लेखेका छन्।

नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन नयाँदिल्ली पुगेका परराष्ट्रमन्त्री ज्ञवालीले भारतमा आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गरिरहेका छन्।बिहीबार भारत प्रस्थान गरेका मन्त्री ज्ञवाली शनिबार साँझ नेपाल वायु सेवा निगमको विमानबाट स्वदेश फर्किने कार्यक्रम छ ।