२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य News Polar सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै

संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम प्रतिगामी : कोइराला

संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम प्रतिगामी : कोइराला
file
अ अ+ अ-

काठमाडौं । कांग्रेस नेता शेखर कोइरालाले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगामी भएको बताएका छन् । शनिबार मानव अधिकार तथा शान्ति समाज मोरङले आयोजना गरेको ‘असंवैधानिक एवं अलोकतान्त्रिक तबरले प्रतिनिधिसभा विघटन : प्रतिगमनको सिलसिला’ विषयक गोष्ठीमा सर्वोच्च अदालतलाई निर्वाचनको पक्षमा निर्णय गर्न दबाब दिइरहेको आरोप लगाएका हुन् । 

‘प्रधानमन्त्री ओलीजीले मैले जे बोलेँ, जे भनेँ त्यही संविधान हो भन्ने बुझ्नु हुन्छ तर त्यो नेपाली जनतालाई स्वीकार छैन,’ कोइरालाले भने, ‘त्यसैले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र संविधान जोगाउन मुलुकमा अब एक पटक पुनः सशक्त आन्दोलनको आवश्यकता परेको छ ।’

प्रतिनिधिसभा पुनः स्थापनाका लागि जुन गतिका साथ आन्दोलन अघि बढ्नु पर्ने हो त्यो गति नपाइरहेको कोइरालाको भनाइ थियो । ‘सर्वोच्च अदालतको निर्णय स्वीकारौंला तर निर्णय आउनुभन्दा अगाडि पुनस्स्थापनाका लागि आन्दोलन सशक्त बनाउनु पर्छ,’ उनले भने, ‘जसले सर्वोच्च अदालतले पुनस्स्थापनाकै पक्षमा निर्णय गर्छ भन्ने विश्वास छ ।’

यस्तै नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको कमजोरीले आन्दोलन अपेक्षित गतिमा अघि बढ्न नसकेको आरोप लगाएका छन्। 

‘पार्टी सभापतिजीको ढुलमुले चरित्रको कारण प्रतिनिधिसभा विघटन विरूद्धको आन्दोलन सशक्त हुन सकेन’, शनिबार विराटनगरमा  मानव अधिकार तथा शान्ति समाज मोरङको साधारण सभामा नेता कोइरालाले भने, ‘सभापतिकै कारण कांग्रेसले प्रतिगमी कदम रोक्न र त्यस विरूद्धको आन्दोलन प्रभावकारी बनाउन सकेन। बल्ल हामीले आन्दोलनमा जाने बनायौं।’ 

‘मुख्य प्रतिपक्षी दल भएर हामी कांग्रेसले खेल्नुपर्ने जति भूमिका थियो, त्यो सभापतिको कारण खेल्न सकिएन,’ कोइरालाले थपे, ‘हाम्रो  चौतर्फी दबावपछि अब कांग्रेस पनि आन्दोलनमा जाने वातावरण तयार भएको छ।’

सभापतिले अदालतको बहाना बनाउँदै प्रतिगमी कदम विरूद्धको आन्दोलन कमजोर बनाउन खोजे पनि अब अगाडि बढ्ने उनको भनाइ छ।

प्रधानमन्त्री  ओलीले आफू सर्वेसर्वा हुन प्रयत्न गरिरहँदा सबै कुरा सहँदै जानु कांग्रेसको सबभन्दा ठूलो गल्ती भएको बताउँदै उनले भने, ‘शेरबहादुरजी ओलीजीजस्तै व्यक्तिगत स्वार्थमा लोभिनुभयो, यसैले सुरूदेखि नै खेल्नुपर्ने भूमिका कांग्रेसले खेल्न सकेन।’