२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य News Polar सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै

अध्यक्ष र महासचिब रहेको पार्टी नै आधिकारीक: सुवास नेम्वाङ

अध्यक्ष र महासचिब रहेको पार्टी नै आधिकारीक: सुवास नेम्वाङ
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओलि पक्षका स्थायी कमिटी सदस्य सुभाषचन्द्र नेम्वाङले बर्तमान सरकार संविधान अनुरुप नै काम गरिरहेको बताउनुभएको छ ।  

शनिबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश नम्बर १ को प्रदेश सम्पर्क कमिटीद्धारा काठमाडौँमा आयोजित कार्यकर्ता भेलामा बोल्दै स्थायी कमिटी सदस्य नेम्वाङले वर्तमान सरकारले संविधान अनुसार नै काम गरिरहेको बताउनुभएको हो । संसद विघटन भइसकेपछि सरकारले गरेका विभिन्न काममा प्रश्न उठाइएको भन्दै उहाँले सरकार संविधान अनुसार नै कार्यरत रहेको दाबी गर्नुभयो । संविधानको धारा ७७ ले प्रधानमन्त्री कस्तो अवस्थामा रिक्त हुन्छन् भन्ने व्यवस्था गरेको उल्लेख गर्दै उहाँले निर्वाचनबाट नयाँ प्रधानमन्त्री नआउञ्जेल वर्तमान मन्त्रीपरिषद्ले सम्पूर्ण काम गर्न पाउने व्यवस्था संविधानमै उल्लेख भएको बताउनुभयो । निर्वाचन आयोगले निर्वाचन आचार संहिता जारी नहुदासम्म सरकारले सम्पूर्ण काम गर्न पाउने उहाँको भनाई छ ।

नेम्वाङले सरकारले घोषणा गरेको वैशाख १७ र वैशाख २७ गते नै निर्वाचन हुने बताउनुभयो । सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा सरकारले तोकिएको समयमा निर्वाचन गराउदैन भनि भ्रम फैलाउँदै सर्वोच्चलाई अनावश्यक दबाब दिन खोजिएको भन्दै विज्ञहरुले टिप्पणी गरिरहेको उहाँको भनाई छ । देश निर्वाचनमा गइसकेकोले प्रतिपक्षी दलले निर्वाचन केन्द्रीत भएर कार्यक्रम गरिरहेकोले आफुहरुले पनि निर्वाचनलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले अध्यक्ष केपी शर्मा ओली र महासचिव बिष्णुप्रसाद पौडेल रहेको पार्टीले नै आधिकारिकता पाउने बताउनुभयो । देशको संविधान, कानुन तथा विगतको अभ्यासहरुको आधारमा पार्टीको आधिकारिकता आफुहरुले पाउनुको विकल्प नरहेको उहाँको भनाई छ । स्थायी कमिटी सदस्य नेम्वाङले संविधानमा यो देशको राज्य प्रणाली संसदीय राज्य प्रणाली हुने भनिएको उल्लेख गर्दै संसदीय शासन प्रणालीमा प्रधानमन्त्रीको विशेषाधिकार पनि हुने बताउनुभयो । संविधानले प्रधानमन्त्रीको विशेषाधिकारलाई निषेध नगरेको उहाँको भनाई छ ।

प्रधानमन्त्री ओलीले आफुलाई बहुमत हुँदाहुँदै काम गर्न नदिएको भन्दै जनतामा जाने निर्णय गरेकाले जनतामा जानेकुरा ठिक कि बेठिक भन्ने चुनाव हुँदा जानताले नै फैसला गर्ने नेम्वाङले बताउनुभयो ।

सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा बाहिर बोलेर दबाब दिनु नहुने उहाँको भनाई छ । स्थायी कमिटी सदस्य नेम्वाङले सरकारले थुप्रै राम्रा काम गरेको बताउनुभयो । एसिड आक्रमणकारीलाई दण्डित गर्ने कानुन, वलात्कारको घटनामा मिलापत्र गराउन नपाईने कानुन निर्माण गर्नु, देशलाई फुसको छानो मुक्त बनाउने तथा ससस्त्र द्धन्द्धको बेलामा घाईते भएका लडाकुलाई निशुल्क उपचार गराउने निर्णय गर्नु सरकारको निकै राम्रो काम भएको उहाँको भनाई छ । सरकारले छिट्टै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ योगदान दिने लडाकुहरुलाई राज्यले सम्मान गर्ने घोषणा गर्नेपनि उहाँले जानकारी दिनुभयो ।