११ भाद्र २०८३, बिहीबार
,
Latest
त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपीलाई कारबाही गरेका को अध्यक्ष हुनु भो रे ? नाम बिर्सेँ मैले : नेम्बाङ



file
अ+ अ-

काठमाडौं । नेकपा ओली समूहका स्थायी समिति सदस्य सुवास नेम्बाङले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा देश स्थीरता र समृद्धिको दिशामा अघि बढिरहेका बेला त्यसलाई अस्वीकार गरेर राम्रो काम नगरिएको बताएका छन् । 

शनिबार ओली समूहको प्रदेश १ भेलालाई सम्बोधन गर्दै नेम्बाङले प्रधानमन्त्री ओलीलाई अस्वीकार गर्नुको कारण अहिले देशले खोजिरहेको बताएका छन्।

नेम्बाङले महाधिवेशनमा ओलीसँगै पराजित भएका माधव नेपालले ओलीलाई हटाएर आफैं बनेको कुरामा कटाक्ष गरेका छन्। उनले व्यंग्यपूर्वक आफूले उनको नाम पनि भुलेको बताएका छन् ।

‘केपीलाई कारबाही गरेका को अध्यक्ष हुनु भो रे ? नाम बिर्सेँ मैले,’ उनले भने, ‘हाम्रै अध्यक्ष केपी ओलीसँग केही समयअघि हार्नु भएको थियो। अहिले उहाँलाई निकालेर आफैँ अध्यक्ष हुनुभएछ। कस्तो सजिलो कुरा ?’

प्रधानमन्त्री केपी ओलीलाई अस्वीकार गरेर गर्न खोजिएको के हो भन्दै प्रचण्ड-नेपाल समूहलाई नेम्बाङले प्रश्न गरेका छन्।

‘प्रधानमन्त्री केपी ओलीलाई अस्वीकार गरेर गर्न खोजिएको के हो ? देशले त्यसको जवाफ खोजिरहेको छ। मेचीदेखि महाकालीसम्मका कार्यकर्तापंक्तिले जवाफ खोजिरहेका छन्,' उनले प्रश्न गरे।

ओलीले पार्टी महाधिवेशनबाट पद हस्तान्त्रण गर्न चाहेको तर अर्को पक्षबाट त्यस्तो गर्न नदिइएको उनको भनाई थियो ।