१८ फाल्गुन २०८१, आईतवार
March 2, 2025 Sunday
Latest
गणतन्त्र धरासायी हुने अवस्थामा पुग्यो – कमल थापा टोखामा गोली चलाएर प्रहरीले एक जनालाई लियो नियन्त्रणमा राष्ट्रिय फुल कन्ट्याक्टमा रुपक र मन्जुलाई स्वर्ण महिला कबड्डी टोली इरान प्रस्थान अर्थतन्त्र सुधारबारे पूर्व अर्थसचिवहरुसँग छलफल, ठूला आयोजनाहरुमा केन्द्रित हुन सुझाव राष्ट्रियसभाबाट ‘नेपाल कानुन व्यवसायी परिषद् विधेयक, २०८१’ पारित ‘प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत ऐतिहासिक मुकुन्देश्वरीगढीलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने राष्ट्रियसभा सदस्यको समिति हेरफेर ‘मैथली र लिम्बू भाषालाई कामकाजको भाषा बनाउने विषयमा सरकार गम्भीर छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आवश्यक परे संविधानसभाको रेकर्ड झिकाउँछौँ : प्रधानन्यायाधीश जबरा



अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धका निवेदनको सुनुवाइमा आवश्यक परे संविधान निर्माणका क्रममा भएका छलफलको रेकर्ड मगाउन तयार रहेको बताएका छन् । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटनका विषयमा संविधानसभामा भएका बहसका रेकर्ड मगाउन माग गरेका थिए । त्रिपाठीलाई जवाफ दिँदै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आवश्यक परे रेकर्ड झिकाउने बताए । ‘यो विषय पहिले पनि माग भएको थियो, हाम्रो नोटमा छ । आवश्यक परे रेकर्ड मगाउछौँ’, राणाले भने ।

प्रतिनिधिसभा विघटनविरुद्ध रिटनिवेदकका तर्फबाट बहस गरेका भीमार्जुन आचार्यले राजनीतिक प्रश्न हो भन्दै  प्रधानमन्त्रीले यसमा सर्वोच्च अदालतले कुनै निर्णय गर्न नसक्ने बताइरहेकोप्रति आश्चर्यता प्रकट गरे । 'यसअघि हाम्रै अदालतले राजनीतिक विषय भन्दै गरिएका संसद विघटानमा बोलेको छ', उनले भने ।  'अन्तर्राष्ट्रिय अभ्यासमा पनि राजनीतिक विषयमा अदालत बोल्छ ।' राजनीतिक विषय संविधान र कानुनसँग जोडिएपछि अदालत बोल्ने उनको तर्क छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते घोषणा गरेको प्रतिनिधिसभा विघटनविरुद्ध परेका निवेदनमाथि आइतबार भएको बहसमा कानुन व्यवसायीले संविधान निर्माणका क्रममा भएका छलफलको रेकर्ड माग गरेपछि प्रधानन्यायाधीश जबराले उक्त कुरा बताएका हुन् ।

रिट निवेदनमाथि संवैधानिक इजलासमा बहस जारी छ ।