२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य

नेपाली  काग्रेस आन्दोलित हुँदै नयाँ निर्बाचनको तयारीमा सक्रिय हुनुपर्छ : नेता मोहन आचार्य

नेपाली  काग्रेस आन्दोलित हुँदै नयाँ निर्बाचनको तयारीमा सक्रिय हुनुपर्छ : नेता मोहन आचार्य
अ अ+ अ-

रसुवा  । ससद विघटन विरुद्धमा नेपाली कांग्रेस रसुवाले जिल्लाको पाँच वटै गाउँपालिकामा विरोध प्रदर्शन गरेको छ । 

नौकुण्ड गाउँपालिकाको जेरो किलोबाट नारा जुलुससहित सुरु भएर पार्च्याङमा कोणसभामा परिणत भएको थियो । 

कालिका गाउपालिकामा कालिकास्थान देखि घुम्ती बजारसम्म र्याली गरिएको छ ।

 गोसाइँकुण्ड गाउपालिकामा स्याफ्रुबेशीमा र्याली गरिएको थियो । 

नेपाली कांग्रेस उत्तरगयाँ समितिद्वारा बेत्रावतीमा विरोध सभा आयोजना भएको छ ।

 आज विभिन्न स्थानीय तहमा भएका विरोध सभा मध्ये नौकुण्ड गाउपालिकामा र उत्तरगयाँ गाउपालिकाको कार्यक्रममा कांग्रेस युवा नेता मोहन आचार्य सहभागी हुनु भयो ।

 विरोध सभालाई सम्बोधन गर्दै युवा नेता मोहन आचार्यले संसद बिघटन को कदम असंबैधानिक रहेको बताउनु भयो।

 नेपाली कांग्रेस सधै स्वतन्त्र न्यायपालिकाको पक्षमा रहेको भन्दै नेता आचार्यले न्यायलयले दिने फैसला कांग्रेस लाई मान्य हुने बताउनु भयो। 

अब आन्दोलित हुँदै नयाँ निर्बाचनको तयारीमा सक्रिय हुन उहाँले कार्यकर्ता लाई आग्रह समेत गर्नु भयो। 

यहाँ आयोजित विरोध सभाको सभापतित्व गाउँपालिका संयोजक ओम प्रसाद आचार्यले गरेका गर्नु भएको थियो । 

कार्यक्रमलाई काङ्ग्रेस नेता उपेन्द्र लम्साल, महीला नेत्री सुनिता मायाँ गुरूङ, नेता बम बहादुर गुरूङ, नेता उतम थापा, नेबिसंघ नेता बिप्लब खडका लगायतले अब निर्बाचन को लागि जुट्नु को बिकल्प नरहेको बताउनु भयो । 

उता, नौकुण्ड गाउपालिकामा भएको बिरोध कार्यक्रमलाइ नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्बु स्याङ्बो घले र काङ्ग्रेस नौकुण्ड गाउँपालिका सभापति डिल बहादुर मोक्तानले सम्बोधन गर्नु भएको थियो ।  सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २० जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छ्न।  

 त्यसैगरी आमाछोदिङ्मो गाउपालिकामा पालिका संयोजक कामी ग्याल्बो घले, नेपाली काङ्ग्रेस जिल्ला सभापति पेम्बा छिरिङ र महाधिवेशन प्रतिनिधि उर्केन तामाङ जिल्ला उपसभापति फुर्बा वाङ्दी तामाङ आमाछोदिङमो गाउँ पालिकको प्रमुख बुचुङ तामाङ नेता मिलन तामाङले बिरोध सभालाई सम्बोधन गर्नु भएको थियो। 

सरकारको सिफारिसमा राष्ट्रपतिबाट पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियो । यस निर्णयको विरोधमा सर्वोच्चमा परेका रिटमाथी बहस जारी छ । 

काङ्ग्रेसले निर्णयको विरोधमा चरणवद्द आन्दोलन घोषणा गरेको छ । सोही क्रममा आज ७५३ वटै प्रदर्शन गरेको हो ।