२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य

लगनस्थित कीर्ति पुण्य महाविहार आँग छेँ पुननिर्माण शिलान्यास

लगनस्थित कीर्ति पुण्य महाविहार आँग छेँ पुननिर्माण शिलान्यास
अ अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले वडा २१ लगनटोलस्थित कीर्ति पुण्य महाविहार आँग छेँंको शिलान्यास गर्नुभएको छ । माघ २ गते विहान धार्मिक विधिअनुसार आयोजना गरिएको कार्यक्रममा शिलान्यास गर्नुभएको हो । त्यस अवसरमा बोल्दै मेयर शाक्यले मूर्त–अमूर्त सम्पदाको संरक्षणमा महानगरपालिका एकाग्र भएको बताउनुभयो । ‘काठमाडौं ऐतिहासिक र सांस्कृतिक सहर हो । यहाँ लामो समयदेखि जीर्ण बनेका सयौँ सम्पदा छन् । तिनीहरुमध्ये केही सम्पदाहरुमा स्वामित्वको विवाद छ । केहीमा निकायगत समन्वयको अभाव छ ।यी सम्पदालाई यत्तिकै छोड्ने हो भने जीर्ण सम्पदा भग्नावशेषमा रुपान्तरण हुन्छन् । हामी त्यस्तो अवस्था हेर्न सक्दैनौं । त्यसैले स्वामित्वलगायतका विवाद छिचोलेर सम्पदाको मर्मत, सम्भार र पुननिर्माणलाई प्राथमिकता दिएका छौं ।’ 

‘हाम्रो परम्परा, इतिहास, सँस्कृति र सस्कारलाई जोगाउने काम गुठियारहरुले गरिरहेका छन् । उनीहरुको जाँगरलाई प्रोत्साहन गर्नु सरकारको दायित्व हो । यसमा हामी जिम्मेवार छौं । हाम्रो लगानी र प्रयासबाट महानगरवासी थप आशावादी बन्नुभएको मैले महसुस गरेको छु ।’ शाक्यले थप्दै भन्नुभयो- ‘सम्पदा निर्माण, पुनःनिर्माण र बचावटका लागि अहिले गरिएको लगानी सयौँ वर्षका लागि हो । हामी जनप्रतिनिधि अस्थायी हौँ । सम्पदा बचाउन गरिएका काम र स्थानीयबासी स्थायी हुन । अहिले हामीले बनाएका सम्पदामा पछिल्ला धेरै पुस्ताले संस्कृति चलाउन  पाउनेछन् । 

काठमाडौंमा १८ वटा मुख्य महाविहार छन् । तीमध्ये लगं बहाः एक महत्वपूर्ण महाविहार हो । प्राचीनकालमा दक्षिण कोलिग्राम सभ्यताले परिचित काठमाडौँको तल्लो भेगको क्षेत्र (कोने)मा अवस्थित लगं बहाः बुद्ध शासनकालसँग जोडिएको सांस्कृतिक एवं पुरातात्विक महाविहार हो । 

यो महाविहार आफ्ना पुर्खाले निजी स्रोतबाट महाविहार निर्माण गराएको स्मरण गर्दै मेयर शाक्यले, आफू स्थानीय सरकारको प्रमुख भएको बेला पुननिर्माण गर्न पाएकोमा गौरव लागेको बताउनुभयो । स्थानीय सम्पदाको संरक्षण गुठियारहरुले नै गर्नुपर्छ सरकारको काम भनेको ढल, बाटो–घाटोको निर्माण मात्रै हो भन्ने सोचलाई रुपान्तरण गरेर सम्पदा जोगाउने जिम्मा सरकारकै हो भन्ने मान्यता स्थापित गराउन आफूले प्रयास गरेको, मेयर शाक्यको भनाइ छ । महानगरले पुननिर्माण गरेर स्वामित्व उसैले लिन्छ भन्ने कसैमा भ्रम नहोस् । मेयर शाक्यले स्पष्ट पार्दै भन्नुभयो — ‘महानगर सरोकारवालाको समन्वयमा संरचना निर्माण पुननिर्माण गरिदिने हो । यसको उपभोग, सञ्चालन र व्यवस्थापन गुठीयारहरुले नै गर्ने हो ।’ 

काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम अन्तर्गत पुनर्निर्माण हुन लागेको कीर्तिपुण्य महाविहारको आगँ छेँ को लागत २ करोड ८५ लाख रुपैयाँ रहेको छ । २०७८ मंसिरसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर काम थालिएको हो । पुननिर्माणको काम तुलसी कन्स्ट्रक्सनले पाएको छ । 

महानगरपालिकाले यस अघि नै लगं बहाः भित्रको दिगु द्यः को पुननिर्माण सम्पन्न गरेको छ । २०७२ सालको शक्तिशाली भूकम्पले दिगु द्यः क्षतिग्रस्त भएको थियो । 

दिगुद्यः लगं बहाः अन्तर्गत रहेका सम्पूर्ण शाक्य तथा वज्राचार्यहरूको कुलदेवता –दिगु द्यः) का रूपमा पुजिने गरेको छ । स्थानीय कुलभक्त शाक्यले, उपत्यकाका अधिकांश नेवार समुदायको कुलदेवता प्रायः घरभन्दा टाढा खुल्ला चउरमा रहने गरेको बताउँदै घर छेउमै बहाल भित्र कुलदेवता रहेको लगं बहाः नै जानकारी दिनुभयो । हरेक वर्ष देवालीका दिन लगं बहाः अन्तर्गत रहेका शाक्य र वज्राचार्य समुदायको देवाली पूजा (देपुजा) यहीँ हुने गरेको छ । 

‘प्राचीनकालमा दक्षिण कोलिग्राम सभ्यताले परिचित काठमाडौँको तल्लो भेग (कोने)मा अवस्थित लगं बहाः ऐतिहासिक तथा पुरातात्विक महत्वको बिहार हो । शाक्यकाअनुसार प्रताप मल्लको पालामा नै बौद्ध विहार अस्तित्वमा रहेको इतिहास छ । यो क्षेत्रमा प्रताप मल्लका छोराहरु नृपेन्द्र मल्ल र चक्रबर्तेन्द्र मल्लको शासन कालका शिलालेख तथा चैत्य अहिलेसम्म पनि यत्रतत्र छरिएर छन । 

महाविहार रेखदेख समितिका सदस्य सुगन्धरत्न शाक्यले लगन टोलका शाक्य र बज्राचार्यहरुका इष्ट देवताको मन्दिर निर्माणसँगै विहार निर्माणमा महानगरपालिकाले सहयोग गर्दा उत्साहित भएको बताउनुभयो । 

महाविहारको उत्तर खण्डमा अर्को पनि आँग छेँ पुननिर्माण भइरहेको छ । भुइँतलाको काम भइरहेको यस संरचनाको मेयर शाक्यले निरीक्षण गर्नुभयो । 

बुद्धको शासनपछि करीब २ हजार ४ सय बर्षपछि कपिलवस्तुबाट शाक्यहरु लखेटिए । त्यहाँबाट लखेटिएका शाक्यहरु विभिन्न ठाउँमा गए । तीमध्ये केही लगँ वहालमा आए । यतै बस्ती बसाए भन्ने विश्वाश छ । 

#kathamansu_nepal #bidyasundar_sakya #Kathmandu_Metropolitan_City