• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

मतदाता नामावली काम माघ १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गर्ने



काठमाडौं । निर्वाचन आयोगले सरकारले तोकेको बैशाख १७ र २७ गतेको प्रतिनिधि सभाको निर्वाचनको सम्बन्धमा राजनीतिक दलका नेताहरुसँग छलफल गरेको छ । 

आइतबार निर्वाचन आयोगले संघीय संसद, प्रदेश सभा र स्थानिय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग घोषित मितिमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगले गरिरहेको आन्तरिक तयारीको सम्बन्धमा छलफल गरेको हो । छलफलमा आयोगले सञ्चालन गरेको मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम, मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन कार्यक्रमको बारेमा नेताहरुलाई जानकारी गराई राय, परामर्श लिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । छलफलका क्रममा आयोगले निर्वाचन कार्यक्रममा सहभागी हुन राजनीतिक दलको तर्फबाट आम नागरिकलाई सुसुचित गराईदिन पनि आग्रह गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका नेता राजेन्द्र पाण्डेले निर्वाचन आयोगले भनेजस्तो निर्वाचन तयारीमा आफुहरु नलाग्ने बताउनुभयो । सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा तत्काल निर्वाचनको कार्यक्रम अघि नबढाउन आफुहरुले निर्वाचन आयोगमा आग्रह पनि गरेको उल्लेख गर्दै उहाँले वैशाखमा निर्वाचन आयोगले निर्वाचन गर्न नसक्ने बताउनुभयो ।

नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले निर्वाचन आयोगको निर्वाचन कार्यक्रमको तयारीको पक्षमा आफुहरु रहेको बताउनुभयो । निर्वाचन आयोगले कुनैपनि समय निर्वाचन गराउन तयार रहनुपर्ने भन्दै उहाँले सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरे त्यसलाई स्वीकार गर्ने तथा निर्वाचन भए निर्वाचनमा जानको लागि नेपाली कांग्रेस तयार रहेको उहाँको भनाई छ ।

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको काम माघ १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

#puspakamal_dahal #madhav_nepal #rajendra_pandey #Election Commission