• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस संसदीय दलको बैठक बस्दै ★   काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बाढीका चेतावनी ★   पोर्चुगललाई पेनाल्टीमा हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा ★   दम्भभित्र लुकेको प्रधानमन्त्री दाहालको ‘अ’विश्वासको मत ★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम

फेसबुकमा ल्यापटप विक्रीको विज्ञापन गरेर लाखौं ठग्ने गिरोहका नाइके पक्राउ



काठमाडौं । ललितपुर प्रहरीले अनलाइन मार्फत विद्युतीय सामान बिक्रि गर्ने भनि ठगि गर्नेलाई सार्वजनिक गरेको छ । 

प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गरि ठगि गर्ने २ जनालाई आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा पर्सा जिल्ला पकाहामैनपुर घर भएका प्रमोद साह र पर्सा जिल्ला बहुदरमाइ घर भएका मेवालाल साह रहेका छन् । पक्राउ परेका दुबैले फेसबुक र ह्वाट्सएपमा कम्प्युटर, मोबाइल, घडी, ल्यापटप जस्ता सामान बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराउने भन्दै बिज्ञापन गर्ने, सम्पर्कमा आएका खरिदकर्तालाई पैसा डिपोजिट गर्न लगाउने तर सामान नदिइ ठगि गर्ने गरेका थिए । यसबाट ठगिएका प्रविन प्रसाद साहको जाहेरीमा प्रमोद साहलाई पर्साबाट र मेवालाल साहलाई काठमाडौँबाट पक्राउ गरेको प्रहरीले बताएको छ ।  पत्रकार सम्मेलनमा प्रहरी परिसर लतिपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक किरण बज्राचार्यले पक्राउ परेका व्यक्तिको गिरोहले दर्जन बढी व्यक्ति सँग एक करोड बढी ठगि गरेको अनुशन्धानमा खुलेको बताउनु भयो। अनुशन्धान बाँकी नै रहेकोले ठगिएका व्यक्ति अझै बढी हुन सक्ने बताउनु भयो । 
 
आज सार्वजनिक गरिएका ब्यक्तिले बजार मूल्य भन्दा सस्तोमा सामान दिन्छु भनेर फेसबुकमा बिज्ञापन गरेको देखे पछि शंका लागि प्रहरीले अनुशन्धान गर्दै जाँदा ठगि धन्दा भएको खुलेको हो । ललितपुर प्रहरीले पछिल्लो समय विभिन्न अनलाइनहरुमा फेसबुक लगायतका अन्य नेटवर्कमा फेक एकाउन्ट खोल्ने विभिन्न प्रलोभन देखाउने, बिज्ञापन गर्ने त्यस पछि सम्पर्कमा आएका व्यक्तिलाई ठगि गर्ने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।