३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

ग्यास्ट्रिक बिरामीले के खाने, के नखाने ? जान्नुहोस् यसबाट बच्ने उयायहरु

ग्यास्ट्रिक बिरामीले के खाने, के नखाने ? जान्नुहोस् यसबाट बच्ने उयायहरु
अ+ अ-

काठमाडौं । ग्याष्ट्रिकको समस्या आम नेपालीको समस्याको रुपमा परिचित छ । धेरै नेपालीमा ग्याष्ट्रिकको समस्या भएकाले कतिपयले ब्यंग्य गर्दै यसलाई नेपालीको राष्ट्रिय रोग समेत भन्ने गर्छन् । पहिले–पहिले ४० वर्षभन्दा माथिको उमेरमा देखिने ग्यास्ट्रिक हिजोआज जुनसुकै उमेर समूहका मानिसमा पनि देखिन थालेको छ। ग्याष्ट्रिक र अल्सर भएको कसरी थाहा पाउने ?

ग्यास्ट्रिक के हो ?
हाम्रो पेटमा एसिड हुन्छ, जसले खाना पचाउन सहयोग गर्छ। त्यो एसिडको मात्रा बढी हुँदा मानिसले ग्यास्ट्रिक भएको महसुस गर्छन्। कसैलाई आमाशयमा मात्र असर गर्ने ग्यास्ट्रिक हुन्छ। एसिडले कसैलाई पेट अथवा आमाशय र सानो आन्द्रामा घाउ बनाई अल्सर गराउँछ। चिकित्सकीय भाषामा ग्यास्ट्रिक र योसँग मिल्ने रोगलाई ‘एसिड पेप्टिक डिसअर्डर’ भन्ने गरिन्छ। ग्यास्ट्रिकको मात्रै समस्या भएको बिरामीलाई इन्डोस्कोपी गराउँदा घाउ देखिदैन । तर अल्सर भएको बिरामीलाई इन्डोस्कोपी गर्दा घाउ देखिन्छ ।

ग्यास्ट्रिक र अल्सरका बिरामीले के खाने ?
गिलो बनाएको दालभात,–प्रसस्त पानी,–हरिया सागसब्जी । 

के नखाने ? 
सुक्खा खानेकुरा, अचार, खुर्सानी, घिउ, अमिलो दही, रातो मासु, तेल तथा घिउमा तारेको माछा, मासु, पकौडा, समोसा, नम्किन ।अमिलो फलफूल, कागती, दूध हालेको चिया, कफी, चकलेट, चना, केराउ, कोक, फ्यान्टा जस्ता कोल्डड्रिक्स। बारम्बार दूध चिया खाइरहने, समयमा खाजा नखाने, दुई छाकले २४ घन्टा टार्न खोज्ने जस्ता बानीले धेरैलाई ग्यास्ट्रिकको जोखिममा पार्ने गरेको छ। सही खानपानकै माध्यमले ग्यास्ट्रिक र अल्सरजस्ता समस्याबाट ढाटा बस्न सकिन्छ। 

ग्यास्ट्रिक र आइबिएसबीचमा भिन्नता
पेटमा केही असहज महसुस भयो कि धेरै मानिस ‘ग्यास्ट्रिक भएको’ भन्दै अस्पताल आउने गर्छन्। पेटका हरेक रोग ग्यास्ट्रिक वा अल्सर हुँदैन। कहिलेकाहीँ भिडियो एक्सरे, इन्डोस्कोपी, कोलोनोस्कोपी गर्दा केही पनि खराबी नदेखिने तर पेट फुल्ने, असजिलो हुने र पेट दुख्ने भइरहन्छ। केही काम गर्दा भन्दा नगर्दा, यसै बस्दा बढी समस्या भएको भान हुन्छ। चिन्ता, टेन्सन वा अत्तालिएको अवस्थामा यस्तो समस्या बढेर आउँछ। यसलाई ‘आइबिएस इरिटेबल बावल सिन्ड्रोम भनिन्छ। यो समस्या धेरै मानिसमा देखिन्छ। ग्यास्ट्रिक र आइबिएस दुवैमा समान लक्षण देखिने भएकाले मानिसले यी दुई समस्याबीच भिन्नता छुट्याउन सक्दैनन् र ग्यास्ट्रिक भयो भन्ने गर्छन्।

ग्यास्ट्रिकको असर
यस्तै ग्यास्ट्रो एसोफेगल रिफ्लेक्स डिजिज एसिडको मात्रा धेरै हुँदा कसैको खानानली र पेटलाई जोड्ने भाग खुकुलो भएर आउँछ। जसले गर्दा पेटमा रहने एसिड माथि छाती र घाँटीमा आउन थाल्छ, त्यसलाई जिइआरडी भनिन्छ। यस्तो अवस्थामा घाँटी पोल्ने, घाँटीमा केही अड्केको महसुस हुने, छाती पोल्ने, छाती दुख्ने, अमिलो पानि आउने, डकार बढेर आउने आदि समस्या देखिन्छ। विशेषगरी सुतेपछि वा बिहानीपख यी समस्या बढ्ने गरेको पाइन्छ।

ग्यास्ट्रिकबाट बच्ने उपाय
३–४ घन्टाको फरकमा केही न केही खाइरहने गर्नुपर्छ। सकेसम्म पेटलाई खाली राख्नु हुँदैन। यसो भन्दैमा चिल्लो, पिरो, अमिलो, जंकफुड आदिलाई आफ्नो भोजनमा प्राथमिकता पनि दिनु हुँदैन। यस्तै, नियमित व्यायाम र समस्या देखिए उचित औषधि सेवन गरेर ग्यास्ट्रिक र अल्सरबाट मुक्ति पाउन सकिन्छ। एजेनसीको सहयोगमा ।