७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले नयाँ राजनीतिक दलका रुपमा जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले उक्त दल दर्ता सम्बन्धी निर्णय गरेको सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिनुभयो ।

हिजो आइतबार जनता समाजवादी पार्टी, (जसपा) नेपालका सात जना सङ्घीय सांसदले नयाँ दल दर्ताको निवेदन आयोगमा दर्ता गरेका थिए । “नेपालको संविधान २०७२, राजनीतिक दलसम्बन्धी ऐन २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०७४, तथा प्रचलित सङ्घीय कानुन बमोजिमा प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३३ र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखीकरण गर्ने निर्णय भएको छ”, पाण्डेयले भन्नुभयो । नयाँ दर्ता भएको दलको नाम संक्षिप्तमा जनता समाजवादी र अङ्ग्रेजीमा ‘पिपुल्स सोसलिस्ट पार्टी’ (पिपुल्स सोसलिस्ट) रहेको छ ।

आयोगको आजको बैठकले जनता समाजवादी पार्टीले पेश गरेको विधान अभिलेख गर्ने र उक्त पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिनेसमेत निर्णय गरेको छ । त्यसैगरी, सङ्घीय संसद् सचिवालय, सबै प्रदेशसभा सचिवालय र सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई दल दर्ताको जानकारी दिने निर्णय आयोगले गरेको पाण्डेयले जानकारी दिनुभयो ।

अशोक राईको नेतृत्वमा जसपा नेपालका सात जना सांसदले नयाँ दल दर्ताका लागि हिजो आइतबार निर्वाचन आयोगमा निवेदन दिएको थियो । राईसँगै सङ्घीय सांसदहरु वीरेन्द्र महतो, प्रदीव यादव, सुशीला श्रेष्ठ, हसिना खातुन, रञ्जु ठाकुर र नवलकिशोर साह सुडी नयाँ दर्ता भएको दलमा हुनुहुन्छ ।