१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी उद्धारमा सरकार चुकेको कांग्रेस प्रमुख सचेतक थापाको आरोप भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले नयाँ राजनीतिक दलका रुपमा जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले उक्त दल दर्ता सम्बन्धी निर्णय गरेको सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिनुभयो ।

हिजो आइतबार जनता समाजवादी पार्टी, (जसपा) नेपालका सात जना सङ्घीय सांसदले नयाँ दल दर्ताको निवेदन आयोगमा दर्ता गरेका थिए । “नेपालको संविधान २०७२, राजनीतिक दलसम्बन्धी ऐन २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०७४, तथा प्रचलित सङ्घीय कानुन बमोजिमा प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३३ र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखीकरण गर्ने निर्णय भएको छ”, पाण्डेयले भन्नुभयो । नयाँ दर्ता भएको दलको नाम संक्षिप्तमा जनता समाजवादी र अङ्ग्रेजीमा ‘पिपुल्स सोसलिस्ट पार्टी’ (पिपुल्स सोसलिस्ट) रहेको छ ।

आयोगको आजको बैठकले जनता समाजवादी पार्टीले पेश गरेको विधान अभिलेख गर्ने र उक्त पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिनेसमेत निर्णय गरेको छ । त्यसैगरी, सङ्घीय संसद् सचिवालय, सबै प्रदेशसभा सचिवालय र सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई दल दर्ताको जानकारी दिने निर्णय आयोगले गरेको पाण्डेयले जानकारी दिनुभयो ।

अशोक राईको नेतृत्वमा जसपा नेपालका सात जना सांसदले नयाँ दल दर्ताका लागि हिजो आइतबार निर्वाचन आयोगमा निवेदन दिएको थियो । राईसँगै सङ्घीय सांसदहरु वीरेन्द्र महतो, प्रदीव यादव, सुशीला श्रेष्ठ, हसिना खातुन, रञ्जु ठाकुर र नवलकिशोर साह सुडी नयाँ दर्ता भएको दलमा हुनुहुन्छ ।




भर्खरै