• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

अहिले हाहा, हुहु गरेको भरमा पनि मन्त्री भएका छन्ः ओली



काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हाहा, हुहु गर्नेहरु पनि अहिले मन्त्री भएको टिप्पणी गर्नुभएको छ ।

सोमवार पार्टी मुख्यालय च्यासलमा आयोजित राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको भएको हो । ओलीले संसदमा कसैको पनि बहुमत नभएकाले हाहा, हुहु गर्नेहरुले पनि गठबन्धन मिलाउने क्रममा मन्त्री हुने मौका पाउने अवस्था आएको पनि स्पष्ट पार्नुभयो । त्यागको अवमूल्यन र अपमान गर्ने भुई फुट्टा प्रवृत्ति मुलुकमा देखापरेको उल्लेख गर्दै ओलीले त्यस्ता प्रवृत्ति बेलाबेलामा प्रकट भएपनि धेरै टिक्न नसक्ने बताउनु भयो । उहाँले त्यस्ता प्रवृत्तिहरुलाई चिन्न, बुझ्न राजनीतिज्ञ ज्ञवाली जस्ता नेताहरुको देश र जनताप्रतिको समर्पणप्रति सम्मानभाव राख्दै अघि बढ्न पार्टीका नेता, कार्यकर्तार्लाइ सचेत गराउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले त समय कस्तोसम्म आएको छ भने हाहा हुहु गरेको भरमा जनप्रतिनिधि छानिन्छ । हाहा हुहु गरेको भरमा मन्त्री पनि ताल पर्दा बहुमत कसैको पनि छैन । यसलाई मिलाउ, त्यसलाई मिलाउ भन्दा को मन्त्री पर्छ, को पर्दैन ? यस्तो बेलामा यी त्यागका, कठिनाईका दिनहरुको नयाँ पुस्तासम्म कसले पु¥याउने । अहिले त फेरी एउटा प्रवृत्ति चलेको छ । पुरानो त्यागको अवमूल्यन मात्रै होइन, त्यसलाई अपमान गर्ने एउटा भुई फुटटा भएका छन ।

मन्दिर भत्काउन खोज्ने, त्याग, बलिदानहरुको अपमान गर्न खोज्ने, योगदानको अवमूल्यन गर्न खोज्ने, नकार्न खोज्ने, त्यसको केही अर्थ थियो परिवर्तनमा भन्ने कुरा बिर्सिन खोज्ने त्यो प्रवृत्ति । यद्यपि त्यस्तो प्रवृत्ति क्षणिक हो । आन्दोलनमा, देशमा विभिन्न प्रकारका प्रवृत्तिहरु प्रकट भईरहन्छन । समय समयमा विभिन्न प्रवृत्तिहरु प्रकट हुन्छन् । हाम्रो पनि प्रकट भएका छन् विभिन्न समयमा विभिन्न प्रवृत्तिहरु ।

हामी विभिन्न खालको आवधिक हावाहुरीले ल्याउने प्रवृत्तिहरु, असन्तुष्टिले जन्माउने प्रवृत्तिहरु यस्ताबाट प्रभावित नभईकन आफ्ना महान उद्देश्यतर्फ, गन्तव्यतर्फ दृढताका साथ अविचलित ढंगले र सक्रियतापूर्वक अगाडि बढछौं । हाम्रो तरिका त्यो हो । हाम्रो शैली त्यो हो, हाम्रो बाटो त्यो हो । यस कुरामा निम्ति हावाहुरीका सृजना गरेका अस्थायी विभिन्न किसिमका झट्काहरु या आवधिक अस्थायी प्रवृत्तिहरु, जो जिम्मेवार छैन । जो एकलकाटे छ । त्यस्ता प्रवृत्तिहरुलाई चिन्न, बुझ्न र ईतिहासविना छोटै अवधि छ स्थापना भएको भने पनि त्यसको एउटा इतिहास बनिसकेको हुन्छ । ’

अध्यक्ष ओलीले एमालेले आफूलाई राष्ट्रिय निर्णायक शक्तिको रुपमा उभ्याउन चाहेको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई अपिल गर्नुभयो ।