१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह

फत्तेवाल आँखा अस्पतालमा भारतीय पनि

फत्तेवाल आँखा अस्पतालमा भारतीय पनि
अ अ+ अ-

जानकी । भारत श्रावस्ती चिरैयारानीसिरका ६२ वर्षिय अमेरिकाप्रसाद यादव आँखाको उपचारका लागि नेपालगञ्ज–६ फुलटेक्रा स्थित फत्तेवाल आँखा अस्पताल आउनुभएको छ । उहाँले गत शुक्रबार देब्रे आँखाको शल्यक्रिया गराउनुभयो ।

उहाँले यसअघि पनि दाहिने आँखाको शल्यक्रिया यही अस्पतालमै गराइसक्नुभएको छ । यादव श्रावस्तीमा आँखा अस्पताल नभएर यहाँ आउनुभएको भने होइन । “जिल्लामा दुई वटा आँखा अस्पताल छन् । तर यहाँ जस्तो गुणस्तरीय सेवा जस्तो छैन”, उहाँले भन्नुभयो, “म मात्रै होइन परिवारका अन्य सदस्य र साथीहरु पनि आँखाको यहीँ उपचारका लागि आउने गरेका छन् ।”

नेपाल नेत्र ज्योति सङ्घ, बाँके शाखाले सञ्चालन गरेको उक्त अस्पतालका अनुसार यादव मात्रै होइन, उपचारका लागि यहाँ आउने भारतीयहरुको सङ्ख्या उल्लेख्य छ ।

अस्पतालका प्रबन्ध निर्देशक डा कौशलकुमार बर्माका अनुसारमा अस्पतालमा नेपालीसँगै भारतीयहरुको पनि विश्वास बढ्दो छ । “स्थापनाकालदेखि नै अस्पतालमा उपचारका लागि आउने भारतीयको सङ्ख्या उल्लेख्य छ”, उहाँले भन्नुभयो, “नेपाली र भारतीय बिरामीहरुको सङ्ख्या बराबरी जस्तै छ ।”

छिमेकी देश भारतबाट मात्रै होइन टाढाका बिकट पहाडी जिल्लाबाट पनि बिरामीहरु अस्पतालमा आउने गरेका छन् । जुम्लाका ६४ वर्षे मुनबहादुर बुढा क्षेत्री आँखाको शल्यक्रियाका लागि गत शुक्रबार अस्पतालमा आउनुभएको छ । पतारासी गाउँपालिका–५ माथिल्लो लोर्पाका क्षेत्रीले आँखाको उपचारका लागि अस्पताल भरपर्दो लागेकाले यहाँसम्म आएको सुनाउनुभयो ।

“उहिल्यै २०५० सालतिर देब्रे आँखाको मोतियाबिन्दुको शल्यक्रिया यही अस्पतालमा गरेको थिएँ”, उहाँले भन्नुभयो, “आजसम्म यो आँखामा कुनै समस्या आएको छैन । त्यही विश्वासले अहिले अर्को आँखाको उपचारका लागि यहाँ आएको हुँ ।”

क्षेत्रीको जस्तै अस्पतालप्रतिको विश्वास बाँके बैजनाथ–५ बनकट्टिका देउमा बुढामगरको पनि छ । आँखाको शल्यक्रिया गर्न यहाँ आउनुभएका उहाँले भन्नुभयो, “आँखाको शल्यक्रियाका लागि धेरैले अन्यत्रै जान सुझाव दिएका थिए । तर मलाई यहीँ अस्पतालमा विश्वास लागेर आएकी हुँ ।”

लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका साथै भारतका बहराइच, गोण्डा, श्रावस्ती, गोरखपुर, लखिमपुर, सीतापुर, बाराबङ्की, लखनउ, अयोध्या, फैजाबाद तथा सुल्तानपुरलगायतबाट पनि बिरामीहरुले अस्पतालमा सेवा लिनका लागि आउन गरेका छन् ।

विसं २०४३ सालमा स्थापना भएको उक्त आँखा अस्पताल स्थापना भएको वर्षदेखि हालसम्म २७ लाख ४६ हजार पाँच सय १४ जनाको आँखाको परीक्षण तथा उपचार गरिसकेको डा बर्माको भनाइ छ ।

उहाँका अनुसार दुई लाख ७९ हजार छ सय ९६ जना बिरामीको आँखाको शल्यक्रिया गरिएको छ । हाल अस्पतालमा दैनिक सरदर चार सयको हाराहारीमा आँखाका बिरामीहरु उपचारका लागि आउने गर्दछन् । “यहाँ वार्षिक एक लाख ४० हजार बिरामीको आँखा परीक्षण गरिनुका साथै आँखाको उपचार समेत भइरहेको छ”, डा बर्माले भन्नुभयो, “अस्पतालले वार्षिक १० हजारभन्दा बढी बिरामीको आँखाको शल्यक्रिया गर्दै आएको छ ।”

सुरुवातमा १० शय्या क्षमताको अस्पतालले हाल दुई सय ५० शय्यामार्फत सेवा दिइरहेको छ । अस्पताल अन्तर्गत विभिन्न जिल्लामा पाँच वटा आँखा उपचार केन्द्र सञ्चालनमा छन् । सो अस्पतालले नि:शुल्क आँखा शिविर पनि सञ्चालन गर्दै आएको छ । रासस