५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा लगातार नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो?



अ+ अ-

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु छ सयले वृद्धि भएको छ ।

आइतबार प्रतितोला रु एक लाख ३५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३६ हजार दुई सय कायम भएको छ ।

तेजाबी सुन तोलामा रु एक लाख ३५ हजार पाँच सय ५० तय भएको छ । आइतबार तेजाबी सुन तोलामा रु एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आइतबार तोलामा रु एक हजार छ सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार छ सय ८५ निर्धारण भएको छ ।