७ आश्विन २०८१, सोमबार
,
Latest
नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुखबाट लडेर गम्भिर बालकको नेपाल मेडिकल कलेजमा सफल उपचार



अ+ अ-

काठमाडौं । रुखबाट लडेर गम्भिर एक बालकको नेपाल मेडिकल कलेजका चिकित्सकहरुले ज्यान बचाएका छन् । घाँस काट्दा रुखबाट झरेर गम्भिर भएका सिन्धुली घ्यामलेक–२ का १४ वर्षीय बालक युजेन्द्र वाइवाको नेपाल मेडिकल कलेजका चिकित्सकले अप्रेसन गरी ज्यान बचाएका हुन् ।

गत चैत्र ३ गते बिहान रुखबाट घाँस काट्ने क्रममा उनी झरेका थिए । बाह्य चोट नदेखिए पनि शरीरको भित्री भाग छातीमा अत्याधिक पिडा भएपछि उनलाई परीवारले स्वास्थ्य चौकी लगी दुखाई कम गर्ने पेन किलर दिएका थिए । तर, उनको दुखाई झन बढ्दै गयो । त्यसपछि जिल्ला अस्पताल सिन्धुली पुर्याएर एक्सरे र भिडियो एक्सरे गरेपछि अस्पतालले उपचार गर्न नसक्ने भन्यो । ‘विहान ९ बजेतिर लडेको थियो । दुखाई कम गर्ने औषधीले काम नगरेपछि सिन्धुली अस्पताल लग्यौं । त्यहाँ एक्सरे, भिडियो एक्सरे गरेर हेर्दा डाक्टरले यहाँ उपचार हुन सक्दैन काठमाडौं लग्नु भने, त्यसपछि रातीको साँढे ११ बजे नेपाल मेडिकल कलेज आइपुग्यौं । त्यतिञ्जेल छोराको अवस्था नाजुक भइसकेको थियो । धन्न डाक्टर सावहरुले बचाउन सक्नुभयो ।’ बुबा शम्भु वाइवाले भन्नुभयो ।

अस्पतालका चिकित्सकका अनुसार घाइते बालकको कलेजोमा चोट लागेर अत्याधिक रक्तश्राव भइरहेको थियो । शरीरका अन्य भागमा कुनै चोट नदेखिए पनि कलेजोमा चोट लागेका कारण आन्तरिक रक्तश्राव भएकोले अवस्था गम्भिर बनेको कलेजकी बालरोग सर्जन डाक्टर ज्यास्मिन बज्राचार्यले बताउनु भयो । ‘आउँदा खेरी बच्चा हिँडेरै आएको हो । तर, उसको अवस्था जटिल नै थियो । बाहिरबाट हेर्दा कलेजोमा अफ्टेरो देखिएको थियो । त्यसपछि सिटी स्क्यान गराउन लग्यौं । सिटी स्क्यान गराउँदा गराउँदै बच्चा सडेन कोल्याप्स भयो । त्यसपछि हतारहतार इमरजेन्सीमा ल्याएर सिपिआरबाट रिकभर गरेर आइसियूमा भर्ना गर्यौं ।’ आइसियूमा राखेपनि भोलीपल्ट पुन: त्यस्तै अवस्था भएपछि तत्काल अप्रेसन गर्न सक्ने अवस्था नबनेको डा। ज्यास्मिनको भनाई छ ।

आइसियूमा पुन: सिपिआर गरेर ९ पोका रगत चढाएपछि बच्चाको अवस्था केही सामान्य भएको थियो । त्यसपछि ग्यास्ट्रोइन्ट्रोलोजी विभागका डाक्टर नविन पोखरेलको सहयोगमा अस्पताल भर्ना भएको तेश्रो दिनमा अप्रेसन गरेर हेर्दा बच्चाको पेटभित्र करिब ३ लिटर रगत जम्मा भएको पाइएको थियो । ‘अप्रेसन गरेर हेर्दा बच्चाको कलेजो पुरै खराब अवस्थामा थियो । तर, राम्रो कुरा के थियो भने २, ३ दिनदेखि जुन ठाउँबाट रगत चुहिएको थियो त्यहाँ रगत जमेको कारण रगत धेरै बग्न पाएको रहेनछ । हामीले पेटबाट ३ लिटर जति रगत निकाल्यौं ।’ ७ दिन आइसियूमा राखेपछि बच्चाको स्वास्थ्यमा क्रमिक सुधार आएको डा। बज्राचार्यको भनाई छ ।

सामान्यतया लडेर भित्री चोटहरु लाग्दा २४ घण्टाभित्र शल्यक्रिया गर्न सकिएन भने ज्यानै जानसक्ने अवस्था हुन्छ । युजेन्द्रको भने ३ दिनपछि मात्र अप्रेसन भयोे । युजेन्द्रको शारीरिक बनौट बयस्ककै हाराहारीमा भइसकेकाले बचाउन सहज भएको डा। बज्राचार्यको भनाई छ । ‘उसको भाग्य बलियो रहेछ । ३ दिनपछि अप्रेसन गरेर बचाउन सक्यौं ।’ डा। बज्राचार्यले भन्नुभयो ।

कलेजले १९ औं दिन आइतबार बच्चालाई डिस्चार्ज गरेको छ । बच्चा युजेन्द्रको अप्रेसन तथा उपचारमा डा। नविन, डा। प्रकाश, डा। चन्द्रिका, एनेस्थेसिया विभागका डा। निर्मल, रेजिडेन्ट डाक्टर, आइसियू, त्रिटिकल केयरका डाक्टर, नर्स, कर्मचारीहरुले सहयोग गरेका थिए ।

माया मारिसकेको छोरालाई अस्पतालले बचाइदिएकोमा बुबा शम्भु अस्पताल र त्यहाँ कार्यरत डाक्टर नर्स प्रति नतमस्तक छन् । ‘उहाँहरुले हामी बचाउँछौं चिन्ता नगर्नुस भनेपनि उसको हालत देखेर छोरा फर्केला र १ भन्नेमा थिए । तर, उहाँहरुले धेरै मेहनत गरेर बचाइदिनु भयो । म नेपाल मेडिकल कलेज र डाक्टर सावहरुलाई धन्यवाद दिन्छु ।’ आइतबार छोरालाई डिस्चार्ज गरेर लैजाँदै गर्दा बुबा शम्भुले भने ।