१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह

रुखबाट लडेर गम्भिर बालकको नेपाल मेडिकल कलेजमा सफल उपचार

रुखबाट लडेर गम्भिर बालकको नेपाल मेडिकल कलेजमा सफल उपचार
अ अ+ अ-

काठमाडौं । रुखबाट लडेर गम्भिर एक बालकको नेपाल मेडिकल कलेजका चिकित्सकहरुले ज्यान बचाएका छन् । घाँस काट्दा रुखबाट झरेर गम्भिर भएका सिन्धुली घ्यामलेक–२ का १४ वर्षीय बालक युजेन्द्र वाइवाको नेपाल मेडिकल कलेजका चिकित्सकले अप्रेसन गरी ज्यान बचाएका हुन् ।

गत चैत्र ३ गते बिहान रुखबाट घाँस काट्ने क्रममा उनी झरेका थिए । बाह्य चोट नदेखिए पनि शरीरको भित्री भाग छातीमा अत्याधिक पिडा भएपछि उनलाई परीवारले स्वास्थ्य चौकी लगी दुखाई कम गर्ने पेन किलर दिएका थिए । तर, उनको दुखाई झन बढ्दै गयो । त्यसपछि जिल्ला अस्पताल सिन्धुली पुर्याएर एक्सरे र भिडियो एक्सरे गरेपछि अस्पतालले उपचार गर्न नसक्ने भन्यो । ‘विहान ९ बजेतिर लडेको थियो । दुखाई कम गर्ने औषधीले काम नगरेपछि सिन्धुली अस्पताल लग्यौं । त्यहाँ एक्सरे, भिडियो एक्सरे गरेर हेर्दा डाक्टरले यहाँ उपचार हुन सक्दैन काठमाडौं लग्नु भने, त्यसपछि रातीको साँढे ११ बजे नेपाल मेडिकल कलेज आइपुग्यौं । त्यतिञ्जेल छोराको अवस्था नाजुक भइसकेको थियो । धन्न डाक्टर सावहरुले बचाउन सक्नुभयो ।’ बुबा शम्भु वाइवाले भन्नुभयो ।

अस्पतालका चिकित्सकका अनुसार घाइते बालकको कलेजोमा चोट लागेर अत्याधिक रक्तश्राव भइरहेको थियो । शरीरका अन्य भागमा कुनै चोट नदेखिए पनि कलेजोमा चोट लागेका कारण आन्तरिक रक्तश्राव भएकोले अवस्था गम्भिर बनेको कलेजकी बालरोग सर्जन डाक्टर ज्यास्मिन बज्राचार्यले बताउनु भयो । ‘आउँदा खेरी बच्चा हिँडेरै आएको हो । तर, उसको अवस्था जटिल नै थियो । बाहिरबाट हेर्दा कलेजोमा अफ्टेरो देखिएको थियो । त्यसपछि सिटी स्क्यान गराउन लग्यौं । सिटी स्क्यान गराउँदा गराउँदै बच्चा सडेन कोल्याप्स भयो । त्यसपछि हतारहतार इमरजेन्सीमा ल्याएर सिपिआरबाट रिकभर गरेर आइसियूमा भर्ना गर्यौं ।’ आइसियूमा राखेपनि भोलीपल्ट पुन: त्यस्तै अवस्था भएपछि तत्काल अप्रेसन गर्न सक्ने अवस्था नबनेको डा। ज्यास्मिनको भनाई छ ।

आइसियूमा पुन: सिपिआर गरेर ९ पोका रगत चढाएपछि बच्चाको अवस्था केही सामान्य भएको थियो । त्यसपछि ग्यास्ट्रोइन्ट्रोलोजी विभागका डाक्टर नविन पोखरेलको सहयोगमा अस्पताल भर्ना भएको तेश्रो दिनमा अप्रेसन गरेर हेर्दा बच्चाको पेटभित्र करिब ३ लिटर रगत जम्मा भएको पाइएको थियो । ‘अप्रेसन गरेर हेर्दा बच्चाको कलेजो पुरै खराब अवस्थामा थियो । तर, राम्रो कुरा के थियो भने २, ३ दिनदेखि जुन ठाउँबाट रगत चुहिएको थियो त्यहाँ रगत जमेको कारण रगत धेरै बग्न पाएको रहेनछ । हामीले पेटबाट ३ लिटर जति रगत निकाल्यौं ।’ ७ दिन आइसियूमा राखेपछि बच्चाको स्वास्थ्यमा क्रमिक सुधार आएको डा। बज्राचार्यको भनाई छ ।

सामान्यतया लडेर भित्री चोटहरु लाग्दा २४ घण्टाभित्र शल्यक्रिया गर्न सकिएन भने ज्यानै जानसक्ने अवस्था हुन्छ । युजेन्द्रको भने ३ दिनपछि मात्र अप्रेसन भयोे । युजेन्द्रको शारीरिक बनौट बयस्ककै हाराहारीमा भइसकेकाले बचाउन सहज भएको डा। बज्राचार्यको भनाई छ । ‘उसको भाग्य बलियो रहेछ । ३ दिनपछि अप्रेसन गरेर बचाउन सक्यौं ।’ डा। बज्राचार्यले भन्नुभयो ।

कलेजले १९ औं दिन आइतबार बच्चालाई डिस्चार्ज गरेको छ । बच्चा युजेन्द्रको अप्रेसन तथा उपचारमा डा। नविन, डा। प्रकाश, डा। चन्द्रिका, एनेस्थेसिया विभागका डा। निर्मल, रेजिडेन्ट डाक्टर, आइसियू, त्रिटिकल केयरका डाक्टर, नर्स, कर्मचारीहरुले सहयोग गरेका थिए ।

माया मारिसकेको छोरालाई अस्पतालले बचाइदिएकोमा बुबा शम्भु अस्पताल र त्यहाँ कार्यरत डाक्टर नर्स प्रति नतमस्तक छन् । ‘उहाँहरुले हामी बचाउँछौं चिन्ता नगर्नुस भनेपनि उसको हालत देखेर छोरा फर्केला र १ भन्नेमा थिए । तर, उहाँहरुले धेरै मेहनत गरेर बचाइदिनु भयो । म नेपाल मेडिकल कलेज र डाक्टर सावहरुलाई धन्यवाद दिन्छु ।’ आइतबार छोरालाई डिस्चार्ज गरेर लैजाँदै गर्दा बुबा शम्भुले भने ।