२० मंसिर २०८२, शनिबार
,
Latest
प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैनिक बढ्दै आँखाका रोगी: ८ महिनामा नेपाल आँखा अस्पतालमा पुगे १ लाख बढी बिरामी



अ+ अ-

काठमाडौँ । कोभिड—१९ महामारीपछि नेपालमा आँखाका बिरामीहरु बढेका छन् ।

कोरोना भाइरसपछि बालबालिकाहरुमा पनि आँखाको रोग बढ्दै गएको तथ्यांक बाहिरिएको हो । नेपाल आँखा अस्पतालले आईतवार पत्रकार सम्मेलन गर्दै नेपालमा दिनप्रतिदिन आँखाका बिरामीहरु बढ्दै गएको भन्दै आँखाको हेरचाहमा ध्यान दिन आग्रह गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका सचिव यज्ञध्वज सापकोटाले अर्थिक वर्ष २०८१/०८२ को ८ महिनामा अस्पतालमा आँखाका बिरामी बढ्दै गएको बताउनु भयो । उहाँले यो अवधिमा झन्डै १ लाख भन्दा बढीलाई उपचार सेवा दिएको बताउनु भयो ।

उहाँले इमर्जेन्सी सेवामार्फत २ हजार ७३५ जनालाई सेवा दिएको बताउनु भयो । उहाँले आँखाको रोग शुरुवाती उमेर र वृद्ध उमेरमा बढी देखिने भएपनि कोभिड १९ पछि बालबालिकाहरुमा धेरै मात्रामा रोग देखिएको बताउनु भयो । उहाँले अस्पतालले १६ वर्ष उमेर पुगेका भन्दा कम उमेर समूहका १५ हजार भन्दा बढी बालबालिकाको यस आठ महिनाको अवधिमा उपचार गरेको बताउनु भयो । उहाँले ३ हजार ५ सय ९८ सर्जरी गरेको पनि बताउनु भयो । उहाँले अस्पताल आउन नसक्नेहरुलाई दूरदराजमै पुगेर आठ महिनाको अवधिमा ७२१ जनाको शल्यक्रिया गरेको बताउनु भयो । दैनिक ४ सयदेखि ७ सय जना बिरामीहरुलाई बहिरंग सेवा दिने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यस अर्थिक वर्ष २०८१/०८२ को ८ महिनाको तथ्यांकअनुसार झन्डै १ लाख भन्दा बढीलाई उपचार सेवा दिइसकेका छाँै । इमर्जेन्सी सेवामार्फत २ हजार ७३५ जनालाई सेवा दिएका छौँ । आँखाको रोग कस्तो हुन्छ भने हाम्रो उमेरको शुरुवातमा बढी समस्या हुन्छ, की प्रौढ अवस्थामा बढी समस्या हुन्छ । बच्चाहरुमा १६ वर्ष उमेर पुगेका भन्दा कमकामा पनि हामीले १५ हजार भन्दा बढी बालबालिकाको उपचार सेवा दिएका छौँ । ३ हजार ५ सय ९८ सर्जरी गरिएको ८ महिनामा गरेका छाँै । अस्पतालले यहाँ आउन नसक्नेहरुलाई दूरदराजका बिरामीहरुलाई पनि सेवा उपलब्ध गराउने कार्यक्रम गरेका छौँ । दूरदराजमा ७२१ जनाको शल्यक्रिया गरेका छौँ । हाल यस अस्पतालमा आउने झन्डै दैनिक ४ सयदेखि ७ सय जना बिरामीहरुलाई बहिरंग सेवा दिने गरेका छौँ । विद्यार्थीहरुको आँखा जाँच गरी नि:शुल्क परीक्षण गर्ने काम गरेका छौँ । कोभिड पछि आँखाको समस्या बालबालिकाहरुमा बढी देखिएको छ । गत ८ महिनामा १५ हजार बढी स्कुले विद्यार्थीको आँखा जाँच गरेका छौँ । एक हजार भन्दा बढी नि:शुल्क चश्मा वितरण गरेका छौँ । आँखा अस्पतालमा भविष्यमा बिरामीहरु अझ बढ्ने क्रम रहेको छ । फिजिकल स्पेस बढाउनेतर्फ हामीले सोचिरहेका छौँ ।’

उहाँले विद्यार्थीहरुको आँखा जाँच गरी विपन्नलाई नि:शुल्क चश्मा वितरण गरेको पनि बताउनु भयो । गत ८ महिनामा १५ हजार बढी विद्यार्थीहरुको आँखा परीक्षण गरी १ हजार भन्दा बढी विपन्न विद्यार्थीलाई चश्मा वितरण गरेको बताउनु भयो ।