३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

असहाय र विपन्नका लागि हाडजोर्नी सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर– तस्बिरहरु



अ+ अ-

काठमाडौँ । काठमाडौँको जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ अर्थोपेडिक अस्पतालमा गरिब र असहाय व्यक्तिहरुका लागि खुट्टाको हड्डीको उपचारसम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

हिलिङ द चिल्ड्रेन अमेरिकाका विशेषज्ञ चिकित्सकहरु अलिरेजा खोसरोबादीर र जोहन हर्जेनबर्गसहित सो अस्पतालका विशेषज्ञ चिकित्सकको टोलीले उपचार दिनेगरी आजदेखि आगामी शुक्रबारसम्मका लागि सो शिविरको आयोजना गरिएको उक्त अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका मेडिकल निर्देशक डा कैलाश भण्डारीले यस नि:शुल्क स्वास्थ्य शिविरबाट आर्थिक अभाव भएका गरिब तथा विपन्न व्यक्तिहरुले लाभ लिन सक्ने जानकारी दिनुभयो ।

उहाँका अनुसार सो स्वास्थ्य शिविरमा सामान्य स्वास्थ्य परीक्षणदेखि जटिलखालका शल्यक्रियाहरु पनि गरिने भएको छ । यसप्रकारको जटिल शल्यक्रियामा विशेषज्ञ चिकित्सकहरु सहभागी हुनेछन् ।

यस शिविरबाट खुट्टाको हड्डी बाङ्गो भएका, हाड तथा जोर्नीसम्बन्धी जन्मजात विविध समस्या भएका, पछि समस्या उत्पन्न भएका तर समयमै उपचार पाउन नसकेका तथा शल्यक्रिया गर्नुपर्ने भए पनि विशेषज्ञ चिकित्सकको परामर्श पाउन नसकेकाहरुले लाभ लिन सक्ने डा भण्डारीले जानकारी दिनुभयो ।

अनाथ, असहाय, निम्न वर्गीय तथा अपाङ्गता भएका नागरिकको स्वास्थ्य सेवामा समर्पित रहनेगरी गैरनाफामूलक संस्थाका रुपमा सन् १९९८ मा स्थापना भएको यस अस्पतालले हाडजोर्नीका बिरामीका लागि सेवा प्रदान गर्दै आएको छ । रासस